Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Maoistकाठमाडौं– एकीकृत नेकपा माओवादीले दुई दिनपछि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका छन् । एमाओवादीले संसदीय ब्यवस्था नेपालमा मात्र नभई संसारभर नै असफल प्रमाणित भइसकेकोले स्थायीत्व र विकासको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था नै उपयुक्त हुने घोषणापत्रमा उल्लेख गरेको छ ।

घोषणा पत्रमा पार्टीले प्राथमिकताको रुपमा १० वटा प्रदेशको अवधारणालाई अघि बढाउने तर सहमति हुन नसके विकल्पको रुपमा १४ वटा प्रदेशको अवधारणालाई पनि कायमै राख्ने भएको छ ।

समग्र मधेस एक प्रदेशको मधेसी दलहरुको अवधारणालाई अनुपयुक्त भन्दै उनले थरुहट र मधेस गरेर तराईमा दुई प्रदेशको अवधारणालाई पार्टीले घोषणा पत्रमार्फत अघि बढाउने भएको छ ।

घोषणापत्रमा अग्रगामी परिवर्तको विषयलाई प्रमुख स्थान दिँदै सामाजिक न्यायसहितको आर्थिक विकासलाई अघि बढाउने स्पष्ट एजेण्डा उल्लेख हुने एमाओवादीले जनाएको छ । दीगो शासन, भ्रष्टाचारको उन्मुलन र पत्रकारिता क्षेत्रको विकासलाई पनि एमाओवादीले घोषणापत्रमा समेटेको छ । ***

तपाईको प्रतिक्रिया