Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

gagan thapa nepali congressकाठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने ब्यवस्थाले मुलुकमा कालान्तरमा निरंकुश शासन आउने भएकोले त्यस्तो ब्यवस्था कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारेका छन् ।

राजधानीमा बिहीबार भएको कार्यक्रममा थापाले शनिबार घोषणा पत्र जारी गर्ने जानकारी दिँदै त्यसमा संसदीय प्रधानमन्त्री, आलंकारिक राष्ट्रपति र मिश्रित निर्वाचन प्रणालीलाई नै कांग्रेसले घोषणा पत्रमा राख्ने बताए ।

कांग्रेसले आफ्नो घोषणा पत्रमार्फत ७ प्रदेशलाई प्राथमिकता दिने र विकल्पमा सहमतिको लागि १३ प्रदेशको अवधारणालाई राख्ने जानकारी दिँदै थापाले ६ महिनाभित्र संविधान लेखेर १ वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता ब्यक्त गर्ने बताए ।

संविधान लेखन कार्य पहिला भएको सहमति पछिका कुराहरुलाई लिएर सुरुगर्ने योजनामा कांग्रेस रहेको उल्लेख गर्दै उनले घोषणापत्रको दोस्रो खण्डमा विकासका लागि कृषि, पर्यटन र जलस्रोतको विकासलाई अघि बढाउने योजना प्रस्तुत हुने बताए । ***

 

तपाईको प्रतिक्रिया