Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

पहिचान भेटिने द्वन्द्व मेटिने नारा

25Nepali_Congress.svgकाठमाडौं- नेपाली कांग्रेसले आगामी संविधानसभाका लागि चुनावी घोषणापत्रको  तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

कांग्रेसको घोषणापत्र मस्यौदा समितिको नेतृत्व पार्टी उपसभापति रामचन्द्र पौडेलले तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएका छन् । उनले घोषणापत्र आगामी हप्तामा जारी गर्ने बताए ।

कांग्रेसले पहिचान भेटिने, द्वन्द्व मेटिने नारा अघि सार्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले घोषणापत्र मस्यौदा समितिको बैठक बसेर दुई दिनभित्रै त्यसलाई टुङ्गो लगाई जारी गरिने जानकारी दिएका छन् । उनले घोषणापत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय, मजदुर, किसान तथा द्वन्द्वपीडितको मुद्दालाई समेट्ने जानकारी दिए। ***

तपाईको प्रतिक्रिया