Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं – संविधानसभाको अर्को निर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन आचारसंहिताको महोत्तरी जिल्लामा व्यापक उल्लंघन भइरहेको छ ।
आयोगले उम्मेदवारका लागि शुभकामना आदानप्रदान, भोजभतेर आयोजना, रुपैँया पैसा वितरण, पार्टीको छाप अंकित गञ्जी, टोपी, ब्यागको प्रयोगजस्ता कुरामा प्रतिबन्ध लगाएको भएपनि महोत्तरीका धेरैजसो उम्मेदवार तथा पार्टीले ती सबै काम गरेको पाइएको छ ।
मतदातालाई रिझाउनका लागि जिल्लाका ठूलोदेखि सानो दुवै थरिका धेरै पार्टी, उम्मेदवार र स्वतन्त्र उम्मेदवारसमेतले दसैँ, दीपावली, छठ र इदपर्वका शुभकामना छापिएका शुभकामना पत्र पनि व्यापकरुपमा वितरण गरेको छ, भने ठूलठूलो भोजको समेत आयोजना गरेको छ ।
त्यस्तै, एक दुई पार्टीका उम्मेदवार तथा उसका एजेन्टले मतदातालाई पैसासमेत बाँडेका छन् । त्यस्तै एक, दुई पार्टीका छाप अंकित गञ्जी पनि प्रयोगमा आएको देखिएको छ ।
जिल्लाको छ वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा क्षेत्र नं–३ सबैभन्दा बढी सक्रिय रहेको देखिन्छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा जताततै शुभकामना पत्र हेर्न सकिन्छ भने वरपरका गाउँमा दिनहुँ भोजभतेर र पैसा बाँड्ने खेल हुने गरेको क्षेत्रवासी बताउँछन्  ।
क्षेत्र नं–३ मा पार्टीगत र स्वतन्त्र गरी ४९ जनाले प्रतिस्पर्धा गर्दैछन् भने कुल छ वटै क्षेत्रमा २५० जनाले प्रतिस्पर्धा गर्दैछन् ।***
तपाईको प्रतिक्रिया