Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मुगु – जिल्ला सदरमुकाम गमगढीदेखि उत्तर पश्चिम भिई गाविसअन्तर्गत पर्ने भिई गाउँमा आइतबार भएको काँग्रेसको घरदैलो कार्यक्रममा नेकपा-माओवादीका कार्यकर्ताहरूले आक्रमण गर्दा दुवैतर्फगरी १० जना घाइते भएका छन् ।
यो घटनामा घाइते भएका एकजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
घाइते हुनेमा काँग्रेसतर्फ भिई गाउँका जलेश्वर धामी, लीला धामी, केशव धामी, पुन्नलाल कुलाल र नार्थपु-५ जडेपानी गाउँका अक्कल शाही छन् । घाइते शाहीको अवस्था चिन्ताजनक रहेको काँग्रेस उम्मेदवार ऐनबहादुर शाहीले जानकारी दिएका छन् । उता माओवादीतर्फ दन्त्या दमाई, तारा दमाईलगायत पाँच जना घाइते भएको जनाइएको छ ।
काँग्रेसको घरदैलो कार्यक्रम अन्तर्गत आइतबार भिई गाउँमा घरदैलो कार्यक्रम हुँदै गर्दा दिउँसो ३ बजे माओवादी कार्यकर्ताले ढुङ्गामुढा गरेर आक्रमण गरेको काँग्रेसले बताएको छ। आफ्ना कार्यकर्तामाथि काँग्रेसले आक्रमण गरेपछि जवाफी आक्रमण गरेको माओवादीको भनाइ छ ।
घटनास्थल सदरमुकामबाट दुइ दिन टाढा भएकाले विस्तृत जानकारी आइनसकेको बताइएको छ । दुवैतर्फगरी १० जना घाइते भएको जानकारी आएको र तत्काल घटनास्थलतर्फ सोरुकोट प्रहरी चौकीबाट १५ जनाको एक टोली प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार त्यहाँको स्थिति सामान्य बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया