Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Lokendra Bista Magarबाबियाचौर – एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले जनताको अधिकारसँग जोडिएको चुनाव बिथोल्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
चुनाव प्रचार अभियानअन्तर्गत शुक्रबार म्याग्दीको बिममा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले चुनावमा भाग लिने जनताको नैसर्गिक अधिकारलाई दबाउन खोजे त्यसले देशलाई झन् संकटतर्फ धकेल्ने बताए ।
प्रचारप्रसारका क्रममा बिम पुगेका एकीकृत माओवादीका समानुपातिक उम्मेदवार तथा राज्य समिति सदस्य पुष्कर विक र अखिल क्रान्तिकारीका जिल्ला सदस्य ईश्वर सुवेदीलगायतका नेतामाथि नेकपा–माओवादीका कार्यकर्ताबाट भएको आक्रमणको निन्दा गर्दै नेता विष्टले चुनावमा सहभागी हुने नहुने जनताको आफ्नो व्यक्तिगत अधिकार भएकाले शान्तिपूर्ण तरिकाले मतदान गर्ने वातावरण सिर्जना गर्न राज्यसँग माग गरे । ***
तपाईको प्रतिक्रिया