Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बेनी – नेकपा–माओवादीका कार्यकर्ताले म्याग्दीमा एकीकृत माओवादीका उम्मेदवारमाथी आक्रमण गरेका छन् ।
आक्रमणमा परी एकीकृत माओवादीका समानुपातिक उम्मेदवार पुष्कर विश्वकर्मा र अखिल क्रान्तिकारीका जिल्ला सदस्य ईश्वर सुवेदी घाइते भएको म्याग्दी प्रहरीले जनाएको छ ।
चुनावी प्रचारका क्रममा म्याग्दीको बिम गाविस पुगेको एकीकृत माओवादी टोलीमाथि नेकपा–माओवादीको जनस्वयं सेवक ब्युरोका कार्यकर्ताले आक्रमण गरेका हुन् । घाइतेको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका नायव उपरीक्षक कृष्ण पल्लीले करिब २० जनाको समूहमा आएका व्यक्तिहरुले धारिलो हतियारबाट आक्रमण गरेको बताउनुभयो । उहाँले आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभयो ।
आक्रमणको समयमा एकीकृत माओवादी म्याग्दीका प्रत्यक्षतर्फका उम्मेदवार लोकेन्द्र बिष्टमगर पनि घटनास्थल नजिकै रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले उहाँको पनि खोजी गरेको तर नभेटेपछि समानुपातिक तर्फका उम्मेदवारमाथि आक्रमण गरेका थिए ।
यसैबीच नेकपा–माओवादीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेको छ । माओवादीको म्याग्दी इन्चार्ज गमबहादुर श्रीषले आफ्नो पार्टीको कसैमाथि आक्रमण गर्ने नीति नरहेको बताउनुभयो । उहाँले जनस्तरबाटै एमाओवादीको प्रतिकार भएको सूचना आफूले पनि पाएको दावी पनि गर्नुभयो । ***
तपाईको प्रतिक्रिया