Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
धनकुटा- पार्टीले आफूलाई टिकट नदिएको विरोधमा धनकुटामा नेपाली कांग्रेसका विद्रोही उम्मेदवारले आधिकारिक उम्मेदवारलाई गाउँ पस्न नदिने चेतावनी दिएका छन् ।
कांग्रेसका असन्तुष्ट पक्षले शुक्रबार सदरमुकाममा पत्रकार सम्मेलन गरी आधिकारिक उम्मेदवारलाई बहिस्कार गर्ने र आवश्यक परे गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका हुन् ।
असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कांग्रेस धनकुटाका पुर्व सभापति हरिकुमार राईले गाउँ, क्षेत्र र जिल्लाबाट सिफारिस भएका लोकप्रिय उम्मेदवारलाई हटाएर क्षेत्रबाट सिफारिस नै नभएकालाई उम्मेदवार बनाको र प्रतिबद्ध कार्यकर्तालाई अपमानित गर्ने कार्य भएकाले आधिकारिक उम्मेदवारलाई गाउँमा प्रतिकार गर्न लागिएको बताउनुभयो ।
कांग्रेसको स्थानीय सिफारिसको आधारमा संसदीय समितिले सुरुमा क्षेत्र नं १ बाट कमोट फागो र २ बाट अजितनारायण सिंह थापालाई टिकट दिने बताएपनि पछि क्षेत्र नं १ बाट अजितनारायणसिंह थापा र २ बाट आनन्दसन्तोषी राईको नाममा आधिकारिक टिकट दिइएको थियो ।
क्षेत्र नं १ बाट सिफारिसमै नपरेका थापालाई टिकट दिएपछि विहीबार स्वतन्त्र उम्मेदवारी दर्ता गराइएको थियो । असन्तुष्ट समुहको तर्फबाट क्षेत्र नं १ बाट महासमिति सदस्य कमोट फागो र २ मा महासमिति सदस्य अन्जना ताम्लीले बागी उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया