Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
bina magarधनगढी- कञ्चनपुर क्षेत्र नम्बर १ मा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालकी प्रेमिका विना मगरका विरुद्ध बागी उम्मेदवारी परेको छ ।
बाजागाजा सहित एकीकृत नेकपा माओवादीका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवारले मनोनय दर्ता गरे लगत्तै प्रत्यक्षमा नाम सिफारिस नभएका गगन सिंहले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उहाँले पार्टीले फिल्डमा खटिएर पार्टीका लागि काम गर्ने कार्यकर्ताहरुको मर्म र भावना नबुझेरै उम्मेद्वार छनोट गरेको प्रति असन्तुष्टी जनाएको बताउनुभयो ।
उम्मेदवारी दर्ता पछि पत्रकारसंगको कुराकानीमा उहाँले आफुलाई निर्वाचन क्षेत्र नम्बर १ का सबै पार्टी कार्यकर्ताले समर्थन गरेर उम्मेदवारी दिन लगाएको बताउनुभयो ।
विना मगरका विरुद्ध उम्मेद्वारी दर्ता गराएका गगन सिंह एकीकृत नेकपा माओवादी थारुवान राज्य समितिका कार्यालय सदस्य हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया