बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

ओसाका-गल्कोट समाज जापानले आयोजना गरेको श्रृंखलाबद्ध तीज बिशेष कार्यक्रम जापानको ओसाकामा यही विहीबार सम्पन्न भएको छ ।

कार्यक्रम गल्कोट समाज क्षेत्रीय समिति खान्साईको पहलमा सम्पन्न भएको हो ।

गल्कोट समाज जापान क्षेत्रीय समिति खान्साईका अध्यक्ष डिलाराम सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एनआरएन जापानका केन्द्रिय उपाध्यक्ष तुलसीराम खरेल हुनुहुन्थ्यो ।

विशेष अतिथिहरूमा गल्कोट समाज काठमाडौँका अध्यक्ष मेघ केसी, एनआरएन खान्साईका संयोजक नरेन्द्र बस्नेत र गल्कोट समाज जापानका उपाध्यक्ष हर्क थापा  रहनु भयको थियो । साथै अन्य अतिथिहरुमा गैरे समाज जापानका अध्यक्ष तथा गल्कोट समाज जापानका सल्लाहकार आत्मराम गैरे, समाजसेवी शंकर पौडेल, नेपाल जापान एकता समाजका केन्द्रिय अध्यक्ष अर्जुन सापकोटा रहनुभएको थियो ।

नेपालबाट आमन्त्रित कलाकारद्वय देवी घर्ति र फुलमाया केसीले तीज कार्यक्रममा उपस्थित सबैलाइ नचाए । कार्यक्रमको संचालन गल्कोट समाज जापान केन्द्रिय समिति सदस्य कालिका केसीले गर्नु भयको थियो ।

galkot galkot-8 galkot-9 galkot11 galkot-osaka1 galkot-osaka2 galkot-osaka3 galkot-osaka4 galkot-osaka-5 galkot-osaka6 galkot-samaj-7

तपाईको प्रतिक्रिया