Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ । रुसी राष्ट्रपति पुटिनले महत्त्वपूर्ण मुद्दामा चीन र रूस ‘एकसाथ’ रहेको जनाएका छन् । साथै उनले युक्रेनसँग वार्ताका लागि रूस तयार रहेको समेत बताएका छन् । चिनियाँ समाचार संस्थालाई दिएको अन्तर्वार्तामा पुटिनले पश्चिमा देशहरूले झुटका आधारमा प्रतिबन्ध लगाउन प्रयास गरेको बताएका छन् ।

पुटिन चीन भ्रमणमा निस्किएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भने विदेश भ्रमण स्थगित गरेका छन् । यसै हप्ता उनी पोर्चुगल र स्पेन भ्रमणमा जाने तय भएको थियो। रुसी राष्ट्रपति पुटिन दुईदिने भ्रमणका क्रममा चीन पुगेका हुन् । राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गरिसकेका छन् । भेटका क्रममा सीले पुटिनलाई रुसी राष्ट्रपतिमा पुन: निर्वाचित भएकोमा बधाई दिएको सीसीटीभीले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन सधैं रुसको ‘असल छिमेकी’, ‘साथी’ र ‘साझेदार’ बन्न चाहेको बताएका छन् ।

सीको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘पछिल्ला केही वर्षमा राष्ट्रपति पुटिन र म ४० पटक भेटेका छौँ । यसबीचमा चीन-रुस सम्बन्धलाई सुमधुर, स्थिर र सहज ढंगले अगाडि बढाउन हामी सफल भएका छौँ ।’

तपाईको प्रतिक्रिया