Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् ।

ली सिएन लुङ विगत दुई दशकदेखि सिंगापुरका प्रधानमन्त्री थिए । वोङ र लुङ दुवै सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) का हुन् । विगत पाँच दशकदेखि सिंगापुरको आर्थिक प्रगतिलाई अगाडि बढाउनको लागि पिएपी जिम्मेवार रहेको छ । यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् ।

यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । राष्ट्रपति थर्मन शान्मुगररत्नमले वोङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । वोङले आफ्नो मन्त्रिपरिषद्मा ठूलो परिवर्तन नगर्ने संकेत गरेका छन् । सिंगापुरको निरन्तरता र स्थायित्वलाई उद्धृत गर्दै उनले अहिलेको अवस्थामा कुनै पनि अवरोधबाट जोगिन आवश्यक रहेको बताए । अब सबैको नजर सिङ्गापुरमा हुन लागेको आम चुनावमा छ । सिङ्गापुरमा नोभेम्बर २०२५ सम्ममा आम निर्वाचन हुने र त्यसपछि मात्रै मन्त्रिपरिषद्मा महत्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ ।

वोङलाई अप्रिल २०२२ मा पिएपीको चौथो पुस्ताको नेताको रूपमा नाम दिइएको थियो । यसै क्रममा उनी उपप्रधानमन्त्री बनेका थिए । राजनीतिमा प्रवेश गर्नु अघि, लरेन्स वोङ १४ वर्षको लागि निजामती कर्मचारी थिए । सन् १९९७ मा उनले व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । वोङको नेतृत्वमा रहेको सरकारले एसियालाई लगानी उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित गर्न व्यापार सम्बन्धी नीतिहरूलाई निरन्तरता दिनेछ ।

तपाईको प्रतिक्रिया