बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
 टोकियो – शुक्रबार टोकियोमा भएको तीज कार्यक्रममा यहाँका नेपाली चेलीहरु तीजेभाकामा धित मरुञ्जेल नाचे, नचाए, रमे, रमाए । 
उनीहरुलाई नेपालबाट आमन्त्रित अतिथि कलाकार गायिकाद्वय देवी घर्ति र फुलकुमारी केसीले एकपछि अर्को गर्दै तीजका साँगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए । उनीहरुले चर्चित तीजका भाकाहरु पस्कदा माहौल तीजमय बन्न पुगेको थियो ।
 galkot2
आयोजक सँस्था गल्कोट समाज जापान टोकियो क्षेत्रीय कमिटीका अध्यक्ष केहरसिंह बस्नेतको सभापतित्वमा भएको तीजबिशेष साँगीतिक कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन जापानका निवर्तमान अध्यक्ष एवं नवनिर्वाचित आईसीसी सदस्य ओम गुरुङ, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, गल्कोट समाज काठमाडौंका अध्यक्ष मेघ केसीलगायतले हरितालिका तीजको शुभकामना मन्तब्य दिएका थिए ।
प्रारम्भमा आयोजक सँस्थाकी सदस्य कामना श्रेष्ठले उपस्थित महानुभावकहरुको स्वागत गर्नुकासाथै हरितालिका तीजको शुभकामना दिएकी थिईन् ।
कार्यक्रममा गायक युवराज आचार्यले पनि तीजबिशेष साँगीतिक प्रस्तुतीहरु पस्केर थप रौनकता प्रदान गरेका थिए ।
कार्यक्रममा अतिथि कलाकारद्वय घर्ति र केसीलाई  प्रमुख अतिथि  डा. भट्टराईले स्वागत गरेका थिए भने हालै एनआरएनमा निर्वाचित भएका पदाधिकारीहरुलाई  आयोजक संस्थाका केन्द्रीय कोषाध्यक्ष दिलु खत्रीले बधाई तथा सम्मान गरेका थिए ।
साँगीतिक कार्यक्रमको अन्तमा गायिका फुलकुमारी केसी, देविका घर्ति, युवराज आचार्य, सूर्य खड्कालगायतका कलाकारहरुबिच भएको दोहोरीको घम्साघम्सी निकै जमेको थियो जसलाई दर्शकहरुले निकै मन पराए । सो अवसरमा ऋषि पौडेल,  जमल दिलबक्स, बम पुनलगायतका कलाकारहरुले बाद्यबादनमा साथ दिएर लाईभ प्रस्तुतीको वास्तविक स्वाद चखाएका थिए । साउण्ड ब्यवस्थापनमा चौतारी दोहोरीको भूमिका रहेको थियो ।
 कार्यक्रममा अन्य बिभिन्न कार्यक्रमका लागि जापान आएका कलाकारहरु मेनुका थापा, देविका केसी, सरिता कार्कीलगायतका कलाकारहरुलाई पनि स्वागत गरिएको थियो ।
प्रारम्भमा, गल्कोट र गल्कोटेहरुको चिनारी गराउँदै  सँस्थाका सल्लाहकार बेलु थापाको उदघोषणबाट सुरु भएको औपचारिक कार्यक्रममा हरितालिका तीजको महिमा र तीजबिशेष कार्यक्रम आयोजना गर्नुको औचित्यबारे गायक रामकृष्णबम मल्लले प्रकाश पारेका थिए भने सँस्थाकी केन्द्रीय सदस्य कालिका केसीले सामुहिक राष्ट्रियगानबाट कार्यक्रमलाई साँगीतिक चरणमा प्रवेश गराएकी थिईन् ।
नेपालकै प्रतिष्ठित पुरुस्कार मानिने छिन्नलता पुरस्कारबाट सम्मानित गायिका घर्ति बागलुङ पाण्डवखानीकी चेली हुन् । उनको स्वरमा जादु छ । भजन, दोहोरी, रोयला, तीजेभाकामा उनका स्वरहरु बिशेष जम्ने गरेको पाईन्छ ।
यसैगरी शिक्षण  पृष्ठभूमिबाट आएकी बागलुङ ताराखोलाकी अर्की गायिका फुलकुमारी केसी दोहोरीमा बिशेष दखल राख्छिन् । आक्रामक शैलीमा दोहोरी गाउन उनी माहिर मानिन्छिन ।  ***
galkot1 galkot3 galkot4 galkot5 galkot6 galkot7 galkot8GALKOT9 galkot10 galkot11
तपाईको प्रतिक्रिया