Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

anupraj kandel (1)बीपी कोइरालाले राष्ट्रिय मिलापको नीति लिएर नेपाल फर्किएको ३६ वर्ष पुरा भएको छ । बीपीको सोच अनुसारको राष्ट्रिय मेलमिलापको नीति अहिले आएर नेपालभित्र मात्र होईन बिदेशमा रहने नेपाली बिच पनि अझ सान्दर्भिक देखिएको छ । को सँग मेलमिलाप गर्ने ? किन मेलमिलाप गर्ने ? प्रहरी, सेना प्रशासन र जेलको स्वामित्व लिएर बसेको सरकारको नेतृत्व गर्ने पार्टी र सरकारले किन सर्वसाधारणसँग मेलमिलाप गर्न जरुरी छ र ? कानूनी राज्यमा जनताले लुरुलुरु कानूनको पालना गर्ने र सरकारले आदेश निर्देश गरे त भई गयो नि ? यस्ता प्रश्नको उत्तर आजको नेपालका लागि अहं भएर खडा भएको छ ।

बीपी कोइरालाले लेखेको  ‘राजा, राष्ट्र र राष्ट्रियता’ र  ‘आत्म वृत्तान्त’ पुस्तकमा पनि उनले राष्ट्रियता, प्रजातन्त्र, देशको स्वामित्व र सार्वभौमिकताको रक्षाका लागि नै बृहत्तर राष्ट्रिय एकताको खाँचो औंल्याएका छन् । २००७ सालको प्रजातन्त्रपछि पनि नेपालको स्थायित्वमा र प्रजातन्त्रको स्थायित्वमा बीपीले किन चिन्ता जाहेर गर्दै रहे ? कोबाट नेपालको राष्ट्रियता र प्रजातन्त्र खतरा छ भन्ने अनुमान भएर नै राजनीतिक रूपमा परिपक्व भएका बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केका रहेछन् भन्ने प्रष्ट देखिन्छ । आज आएर बीपी कोइराला जस्ता आदरणीय नेताको पाटी भित्र उनैको नीति बिपरित काम हुन्छ र आफुभित्र नै मिल्न सक्दैनन् भने त्यो गलत हो ।

प्रसंग जापानमा रहेको नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन नै यसको उदाहरण बनिरहेको छ । निर्वाचन र सहमतिमार्फत् नयाँ नेतृत्व चयन गर्न नसकेपछि नेपाली जनसम्पर्क समिति जापानमा अर्को अधिवेशनसम्मका लागि तदर्थ समिति गठन गरिएको छ । केन्द्रिय नेताहरूको उपस्थितिमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन नहुँदा नेपाली काँग्रेसका केन्द्रिय नेताहरूको आफ्नो संगठन भित्रको सामर्थता समेत पुष्टी भएको छ । अध्यक्ष  पदका लागि पहिल्यै धेरैले दाबी गरि रहँदा समेत अधिवेशनमा चुनावको तयारी नगर्नुले सगंठन भित्रको व्यवस्थापन कमजोर देखिएको छ । एक पटक अध्यक्ष पदको कार्यकाल पुरा गरेर पनि बाटो खुल्ला गर्न नखोज्नु समिति भित्र नेपाली काँग्रेस मेलमिलाप नीति बिपरित रहेको छ । नेपाली जनसम्पर्क समितिको सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन नगरी अधिवेसन स्थगित गराएकाले जापानमा भएका अन्य संघसंस्थाको हुन लागिरहेको अधिवेसनलाई समेत नराम्रो प्रभाव पर्न सक्ने देखिन्छ ।

नेपाली काँग्रेस आफुलाई लोकतान्रिक पार्टी भएको दाबी गर्दै आएको छ तर आफ्नो भातृ संगठन पार्टी मेरूदण्ड भएको थाहा हुँदा पनि लोकतान्रिक बिचार अनुसार चलाउन नसक्नु दुखदायी कुरो हो । लोकतन्त्रको जग निर्वाचन हो । जग विनाको घरमा कसैले पनि बस्ने दुस्साहस गर्नु हुन्न । कोही बस्ने दुस्साहस गर्छ भने एक दिन ठूलो दुर्घटनामा नपरिएला भन्न सकिन्न । त्यसैले अब नेपाली जनसम्पर्क समितिको निर्वाचन गर्न अल्मलिनु भन्दा पनि स्थगन भएको अधिवेसनबाट सबैले पाठ सिकी संस्था र पार्टी  भित्र लोकतन्त्रको बलियो जग हाल्ने महान अभियानमा नेपाली जनसम्पर्क समितिका नेता कार्यकर्ता आफूलाई अब जिम्मेवार भएर लग्ने कि ? ***

(लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव हुन)

तपाईको प्रतिक्रिया