शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो-नेपाली समुदायको पहलमा जापानको टोकियोमा खुलेको एभरेष्ट इन्टरनेशनल स्कुलले अप्रिल १ तारिखदेखि नियमित रुपमा पठनपाठन शुरु गरेको छ । हिजो अप्रिल १ तारिखका दिनदेखि वालवालिकाहरु स्कुल आउन थालेका हुन् । अप्रिल १ देखि पहिलो हप्ता अभिभावकहरुलाई स्कुलको नियमहरूको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । एक हप्ता सम्ममा बालबालिकाहरुलाइ स्कुलमा वानी पार्नको लागि विभिन्न क्रियाकलाप गरिनेछ भने अप्रिलको ७ तारिख विद्यालय औपचारिक रुपमा उद्घाटन गरेपछि पाठ्यक्रम अनुसार नियमित पठनपाठन सुचारु गरिने कुराको जानकारी स्कुलस्रोतले दिएको छ ।
अप्रिलको ७ तारिख आइतवारका दिन स्थानीय जापानी अधिकारीहरू, अभिभावकहरू लगायत अन्य नेपाली समुदायको वृहत उपस्थितिमा नेपाली राजदूतावासका महामहिम राजदूत डा. मदनकुमार भट्टराइमार्फत विद्यालयको औपचारिक उदघाटन गरिने कार्यक्रम रहेको छ । दिनको २ बजेबाट शुरु हुने उक्त उदघाटन कार्यक्रममा उपस्थित भइदिनुहुनको लागि सम्पूर्ण नेपाली समुदायमा विद्यालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक निमन्त्रणा पनि गरिएको छ ।

everest1 everest2 everest3 everest4 everest5 everest6 everest7 everest8

 

तपाईको प्रतिक्रिया