Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ । उनको बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा निधन भएको हो ।

हँस्यौली ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए । अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई केही समय पहिले मात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर लगिएको थियो । उपचारपछि स्वस्थ्यमा सुधार देखिएको थियो । पछिल्लो समय सामान्य भएपनि पुनः बिरामी परेपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए । उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया