Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
hisila yami_20121003082923काठमाडौं- काठमाडौं टावरसम्बन्धी फाइल अघि नबढाउन निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उक्त रोक्का फुकुवाका लागि राजनीतिक दबाब परेको छ ।
आर्थिक चलखेलका आधारमा टेन्डर स्वीकृत गरिएको, छनोटमा परेको प्रस्तावक कम्पनीको अनुभव कागजात नक्कली भएको लगायतका उजुरीका आधारमा फाइल रोक्का गरेको अख्तियारले विभिन्न शक्तिकेन्द्रबाट राजनीतिक दबाब झेलेको हो । टावर निर्माणसम्बन्धी सम्पूर्ण फाइलको अख्तियारले अनुसन्धान गरिरहेको छ ।
‘फाइल त ल्याइएको छ, तर हेर्न नपाउँदै फिर्ता गरेर प्रक्रिया अघि बढाइदिनुपर्‍यो भन्दै दबाब आएको छ,’ अख्तियारको स्थानीय निकाय हेर्ने महाशाखाका एक अधिकृतले भने, ‘सामान्य अध्ययन गरेर फाइल फिर्ता गरिदिनुपर्‍यो भन्दै दिनहुँ दबाब आउने गरेको छ ।’
महाशाखा प्रमुख र अख्तियारकै प्रमुखसमेत रहेका सचिव गणेश जोशीमाथि छानबिनलाई महत्त्व नदिन प्रधानमन्त्री पत्नी हिसिला यमीबाट तीव्र दबाब परेको स्रोतले जनायो ।  सचिव जोशी प्रधानमन्त्री बाबुराम भट्टराईका अध्ययनताका साथी हुन् । अख्तियारका ती अधिकृतका अनुसार, सरकार परिवर्तनको हल्लासँगै छिटो निर्णय गर्न बारम्बार फोन आउने गरेको छ ।
टावर निर्माणका लागि चुनिएको कम्पनी जलेश्वर स्वच्छन्द जेभीसँग सम्झौता नहुँदै असन्तुष्टहरूले मन्त्रालय, सतर्कता केन्द्रलगायत अख्तियारमा पटक/पटक उजुरी दिएका थिए । उजुरीपछि छानबिन थालेको अख्तियारले सम्पूर्ण फाइल सिलबन्दी गरी नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै अख्तियारले काम रोक्न निर्देशन दिए पनि महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले त्यस्तो कुनै निर्देशन नआएको भन्दै झुट बोलेका थिए ।
अधिकृत अधिकारीले अख्तियारको निर्देशनसमेत लुकाएर खारेज गरिएको दलीय संयन्त्रका प्रतिनिधिमार्फत सहमति जुटाउने प्रयास गरेका थिए । उनले दुई पटक दलीय प्रतिनिधिद्वारा सहमति जुटाउने प्रयास गरेका थिए । असहमति जनाउने दलीय प्रतिनिधिलाई हिसिलालाई भेटाउने अश्वासन दिंदै आएका थिए ।
 ‘त्यतिबेला अख्तियारको सचिवज्यू बिदामा हुनुहुन्थ्यो,’ अख्तियार स्रोतले भन्यो, ‘बिदा कटौती गरेर भए पनि हाजिर हुन र अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेर रोक्का फुकुवाका लागि निकै दबाब आयो ।’ दबाब दिनेमा यमीका साथै एमाओवादीका  उमेश स्थापित र  सर्वोत्तम डंगोल छन् । स्थापित हिसिलाका अत्यन्तै निकटपात्र मानिन्छन् ।
फाइल अख्तियारमा अध्ययनरत रहेको अवस्थामा महानगरका कार्यकारी अधिकृत अधिकारीले आफ्नै ढंगले प्रक्रिया अघि बढाउन खोजेका थिए । स्रोतका अनुसार उनले बोलपत्र मूल्यांकन एवं खरिद समिति लगायतको बैठकमा ‘रोक्का लगाउने निर्णय धेरै दिन नटिक्ने भएकाले फाइल आउनासाथ तत्काल सम्झौता गर्नुपर्छ,’ भन्दै तयारी रहन निर्देशन दिने गरेका छन् ।
पुरानो बसपार्कको २३ रोपनी क्षेत्रफलमा फैलने २५ तले महत्त्वाकांक्षी भवन परियोजना प्रतिस्पर्धा गरेका संयुक्त लगानीका तीन कम्पनीमध्ये जलेश्वर स्वच्छन्द जेभीको प्रस्ताव छनोटमा परेको थियो । राजनीतिक दबाबका आधारमा छनोट भएको आरोप लागेको उक्त कम्पनीको प्रस्तावको फाइल महानगर, स्थानीय विकास मन्त्रालयको नगरपालिका महाशाखा हुँदै मन्त्रीस्तरबाट स्वीकृत भई फेरि महानगरमै फर्किएको थियो । झुटो अनुभवनपत्र पेस गरेको आरोप खेपेको स्वच्छन्द जेभीको बैंक ग्यारेन्टीका कागजातसमेत शंकास्पद रहेको भन्दै उजुरी परेको हो ।
महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले घुमाउरो ढंगले छनोट भएका कम्पनीको कमी कमजोरी हुनसक्ने स्वीकार गरे । ‘राम्रो भनेर छानिएका सबै कम्पनीले उत्कृष्ट काम गर्न सक्छन् भन्ने छैन ।
मेलम्ची खानेपानी आयोजनाको काम पाएको चाइना रेल्वे कम्पनीको त्यो हविगत भयो,’ छनोटका क्रममा कहिलेकाहीँ व्यावहारिक पक्षसमेत हेर्नुपर्ने तर्क गर्दै उनले भने, ‘कम्पनीले पेस गरेका सबै कागजात सही या गलत हो भनेर छानबिन गर्ने हाम्रो काम होइन, भोलिका दिनमा उजुरी भए छानबिन र अनुसन्धान हुनसक्ला ।’ पछिल्ला एक/दुई वर्षयता महानगरसँग ठूलो योजना नभएकाले काठमाडौं टावरको काम अघि बढाइएको उनले बताए ।
निर्माणमा लाग्ने खर्चको दस प्रतिशत रकम कमिसनबापत छुट्याएर प्रधानमन्त्री निकटको राजनीतिक शक्तिकेन्द्रमार्फत टेन्डर स्वीकृत गराएको, झुटो कागजात पेस गरेको कम्पनी छनोट भएको लगायतका आरोपसहित उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो ।
छानबिनलगत्तै अख्तियारले फाइल रोक्का गरेपछि समेत महानगरका कार्यकारी अधिकृत अधिकारीले भवन निर्माणका क्रममा नक्सापासबापत लाग्ने डेढ करोड रुपैयाँ मिनाहाका लागि पटक-पटक बैठक गरेका थिए । ‘छलफलमात्रै भएको हो,’ नक्सापासको शुल्क मिनाहाको तयारीबारे कान्तिपुरको प्रश्नमा उनले भने, ‘केही भएको छैन, त्यत्तिकै कहाँ हचुवामा निर्णय हुन्छ ।
यसरी हिसिलाले स्थानीय विकास मन्त्रालयको काममा समेत हस्तक्षेप गर्न थालेपछि विभागी मन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले भने मौनता साँधेका छन् । काठमाडौं टावरको विवाद र बालाजु उद्यान मास्ने निर्णयमा कार्यकारी अधिकृत अधिकारीले सीधै हिसिलासँग डिलिङ गरेपछि मन्त्री श्रेष्ठ मौन बसेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया