सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
japan_20130213095432टोकियो – सत्तरी वर्षसम्मका महिला कर्मचारी राखी प्रौढ व्यक्तिका लागि वेश्यालय खोलेको आरोपमा एक जापानी महिलालाई प्रहरीले पक्राउ गरेको जानकारी प्रहरी तथा टेलिभिजन संस्थाले दिएका छन् । प्रहरी प्रवक्ताले गत साता ५३ वर्षीय रिसाका योकोतालाई टोकियोमा वेश्यावृत्ति सम्बन्धी कानुनको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
एनटीभीले ४० देखि ७० वर्षसम्मका १० महिलाले योकोताको वेश्यालयमा काम गरिरहेको र उनीहरूको प्रमुख ग्राहक निवृत्तिभरण प्राप्त गरिरहेका पुरुष तथा महिला भएको जानकारी दिएको छ । योकोताले दुई वर्षको अवधिमा ५ लाख ३० हजार अमेरिकी डलर बराबर कमाएको उक्त टीभीले उल्लेख गरेको छ ।
जापानको २० प्रतिशतभन्दा बढी जनसंख्याको उमेर ६५ वर्षभन्दा माथि छ । यो मुलुक विश्वमा सबैभन्दा बढी प्रौढ जनसंख्या भएका मुलुकमध्येको बताइन्छ । गत वर्ष नेदरल्यान्डको आम्र्सटरडाममा ७० वर्षको उमेरमा वेश्यावृत्ति गरिरहेको भनी यस मुलुकका जुम्लाहा लुइस तथा मार्टिन फकेन्सको नाम सार्वजनिक भएपछि उनीहरूले विश्वका आमसञ्चारका लागि प्रमुख समाचारमा स्थान प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया