२१ औं शताब्दीको यस आधुनिक युगसम्म आइपुग्दा पनि मानव र सृष्टिलाई बुझ्ने प्रयत्न अपुरो नै रहेछ भन्ने तथ्य यस पटकको जापान भ्रमणले पनि पुष्ट्यायो । जापान सोसाइटी अफ हृयुमनिस्टिक एन्थ्रोपोलोजी एसोसिएसनको निम्तोमा हामी अक्टोबर १४, २०१२ मा टोकियोको लागि काठमाडौँबाट ड्रागन एयरबाट प्रस्थान गर्यौं । गैर आवासीय नेपाली मित्र शिवचन्द्र न्यौपाने र लामा गुरु खेम्पो साङ्गो कालसाङका सचिव मित्र सुमनशोभा कन्दङ्वा समेतको हाम्रो भ्रमण टोली एउटा नयाँ विचार-दर्शनको छलफलमा केन्दि्रत हुन पुग्यौं । पहिलो पटकको जापान यात्रा भएकोले मेरो र सुमनशोभाजीको बारेमा धेरै सोधखोज काठमाडौँस्थित जापानी दूतावास र टोकियो एयरपोर्टमा अध्यागमन कार्यालयले गर्यो । तर निम्तो पठाउने संस्थाको गरिमाका कारण हामीलाई यात्रामा पनि सजिलो महसुस भइरह्यो ।
टोकियो आगमन भएको भोलिपल्ट र पर्सिपल्ट जापानी संस्था र अपि|mकीमुलुक वेनीनको सद्भावना राजदूतसँग वर्तमान विश्व र भावी निकासका बारे विस्तृत छलफलमा केन्दि्रत रह्यौं । करिब ९४ वषिर्या काजाउ इमामोरो एसोसिएसनका अध्यक्ष हुन्, उहाँ सहितको छलफलले दोस्रो विश्वयुद्ध, पहिलो विश्वयुद्धदेखि यावत सृष्टिसम्मको घटनाहरुमा केन्दि्रत गरायो । खास गरी वर्तमान विश्वमा देखिएको द्वन्द्व र अशान्तिलाई कसरी निकास दिन सकिन्छ भन्ने मूल प्रश्न नै हाम्रो वैचारिक वहसको केन्द्रविन्दु रह्यो । परिणामस्वरुप मेलमिलाप र शान्तिको दर्शन सम्बन्धमा विश्वव्यापी लेखन र अभियानलाई अगाडि बढाउने साझा संकल्प गरियो । हामी र जापानी विद्वानहरुकाबीच प्रायः सबै कुरा समान पाइयो । दार्शनिक चिन्तनदेखि आर्थिक विकाससम्मको यात्रामा पश्चिमा नेतृत्व र त्यसको भौतिकवादी आधारले सन्तुष्ट हुन नसकेको परिणामस्वरुप नयाँ दर्शनको रुपमा शान्तिको दर्शन लेख्ने भन्ने कुराले हामी पूर्वीय दर्शनका अध्येयतालाई खुसी लाग्नु स्वाभाविक हो । शान्ति दर्शनकै परिपे्रक्ष्यमा केन्दि्रत हुँदै सुरु भएको हाम्रो छलफल राती आठ बजेसम्म पनि उत्साहपूर्वक चलिरह्यो । ‘सत्यमेवश्वरो लोके सत्य धर्म सदाश्रति । सत्यमुलानी सर्वाणी सत्यान्नास्ती परम पदम्’ अर्थात् यो सम्पूर्ण लोकको मूल सत्य नै हो र सम्पूर्ण धर्म पनि सत्यमै आधारित छन् । सत्यभन्दा पर केही पनि छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई प्रष्ट्याउँदा वास्तवमै दार्शनिक-वैचारिक वहसमा समान रुपले प्रस्तुत हुन सकेको आभास हुन्थ्यो । हाम्रै विषय पाएपछि हामीलाई प्रष्ट्याउन सहज हुने कुरा हुँदै थियो भने अर्कोतर्फ नयाँ विचार-दर्शनको आधिकारिक प्रतिनिधिको सम्मान र विश्वास पनि प्राप्त गर्न सहज भयो । परिणामस्वरुप जापान सोसाइटी अफ हृयुमानिस्टिक एन्थ्रोपोलोजी एसोसिएसनको सदस्यता दिने निर्णय सुनाउँदै अनुसन्धाकर्ता श्रेणीको सदस्यतासमेत प्रदान गर्यो । हिन्दू परम्परा अनुसार उच्चारण गरिइने शान्ति मन्त्रका बारे व्याख्या गर्दा वास्तवमै १२ प्रकारका शान्तिलाई विश्लेषण गरिन्छ । त्यसै प्रसंगले पनि हामीलाई शान्तिका ज्ञाताका रुपमा परिचित गराउँदछ ।
साथै वुद्ध जन्मिएको देश नेपाल र वुद्धको शिक्षालाई स्वयम् जापानले आफ्ना इस्वी सन् ६०४ को १७ बुँदे संविधानमा लिखित रुपमै अंगालेर गरेको दृष्टान्तले शान्ति, सहिष्णुता र मेलमिलापको जननी नै ठान्दछ नेपाललाई । जापानलाई संस्कारित गर्ने वुद्ध शिक्षा नै हो भन्ने ठान्ने जापानिजहरुको मान्यताले हामीलाई पनि गौरवान्वित तुल्याइरहन्छ । अर्को वर्ष यस एसोसिएसनले शान्ति र मेलमिलाप सम्बन्धमा विश्व सम्मेलनको आयोजना संयुक्त राष्ट्र संघमा गर्ने योजना अनुरुप इटालीदेखि न्युयोर्कसम्म भेटघाट र छलफल गरिरहनुका साथै हामीलाई निम्तो गरी सैद्धान्तिक रुपमा स्पष्ट हुन चाहन्थे । दुई वर्ष अगाडि उहाँहरु नेपाल भ्रमणमा आउँदा हामीसँग साझा उद्देश्य भएकोले सहकार्य सुरु गरेका थिए । हाम्रो निरन्तरको पशुपति सूर्यघाटमा संचालित मेलमिलाप कार्यक्रम र कार्यपत्रका साथै सामाजिक सञ्जाल फेसबुकमार्फत्को अभियानले वहाँहरुलाई आकषिर्त गरिरहन्थ्यो । मेलमिलापको सम्बन्धमा पश्चिमी अपि|mकी राष्ट्र वेनीनको शान्तिपूर्ण तरिकाले भएको शासन परिवर्तनलाई जापानिज यस संस्थाले नमुनाको रुपमा लिएर कार्य गरिरहेको छ । धार्मिक गुरुहरुसँगको छलफलपश्चात रिपब्लिक अफ वेनीनका कम्युस्टि शासकले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गरी मेलमिलापको मार्गमा लागेको दृष्टान्त हामी धार्मिक अभियानमा लागेका र धार्मिक प्रभाव रहेको नेपालका लागि पनि उत्तम दृष्टान्त हो । संक्रमणकालबाट गुजि्ररहेको नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोगको चर्चा भइरहँदा पनि र विपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलाप नीति हुँदा पनि मेलमिलापद्वारा सत्ता परिवर्तन भएको अपि|mकी गणतन्त्रको दृष्टान्त जानकारीमा छैन । दातृ निकायले देखाइदिएको मार्ग र क्षेत्रभन्दा बढी खोज्न र सोच्न नसक्ने राजनीतिक र वौदिक क्षेत्रको कारण मौलिक र सहज उपायभन्दा जटिलतातर्फ उन्मुख भइरहेका छौं । सार्वभौम भएर स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता पनि गुमाउँदै गएको कारण साझा दृष्टिकोणमा पुग्न सकिरहेका छैनौं । परिणामस्वरुप म्याद थपिएको संविधानसभाको अवसानपछि संक्रमणकाल अझ लम्बिदै गई नयाँनयाँ खाले जटिलतासँग सामना गर्नु परिरहेको छ । नेपालको भूराजनीति र यसको सामरिक महत्वको कारण अन्तर्राष्ट्रिय चासोलाई नजरअन्दाज गर्न सकिँदैन । यसरी राष्ट्रिय राजनीतिको असफलतासँगै अन्तर्राष्ट्रिय चहलपहल र हस्तक्षेपले राष्ट्रियता नै खतरामा पनि पर्न सक्छ तसर्थ मेलमिलापको नीति, संस्कार र सर्वमान्य रुपमा अंगाल्दा मात्र निकास र स्थिरता प्राप्त गर्न सकिन्छ । नेपालको प्रसंगमा शान्ति दर्शनको सान्दर्भिकता र मेलमिलापको अपरिहार्यतालाई जापान सोसाइटी अफ हृयुमानिस्टिक एसोसिएसनको प्रयासले उजागार गरिदिएको अनुभव भएको छ ।
७० तलाभन्दा अग्ला गगनचुम्बी निवासदेखि भुइँमुनि तीन तलासम्मबाट गुडीरहने वाहन र जनजीवनको दृश्यले हामीलाई आकषिर्त गर्नुका साथै रोमाञ्चित पारिरहन्थ्यो । विचारको समुद्रमा दिनभरिको वहसले नपुगेर राती आठ बज्दासम्म पनि छलफलबाट कसैलाई पनि उठ्ने मन नलागेको स्पष्ट बुझिन्थ्यो । मिटिङभर दिउँसको खाना मिटिङस्थलमै खाइन्थ्यो भने रात्रीको खाना हामी नेपालीहरुलाई मिल्ने गरी रेष्टुरेन्टको खोजी गरी पुर्याइन्थ्यो । नेट र मोवाइल सेटको माध्यमबाट खानाको परिकार र रेष्टुरेन्टको खोजी गरेको दृश्यले रमाइलो अनुभूति हुन्थ्यो । विचार र विकासको सदुपयोग भनौं वा सँगसँगै लगिरहेको भनौं, हाम्रो अभियानले आत्मसात गरेको तथ्य थियो यो । हामी सँगै साथ दिनुहुने इकुमी साकाइलाई रेष्टुरामा खाना खाएपछि विदाई गरी हामी ट्रेन समाएर हाम्रो होटलमा पुग्दथ्यौं ।
दोस्रो दिनको हाम्रो छलफल जापानी प्रोफेसर र अपि|mकी राष्ट्र वेनीनका सद्भावना राजदूतसँग राखिएको थियो । दर्शनशास्त्रका प्रोफेसर मुनेउ जे योशिकावा र वेनीनका सद्भावना राजदूत डा. इम्मानुयल गभेगनन दुवै आफ्ना विषयको विज्ञ हुनुका साथै अन्र्राष्ट्रिय अनुभव प्राप्त व्यक्तित्व थिए । वेनीनका इम्मानुयलसँग दुई वर्षअघि भेटघाट र परिचय भइसकेको थियो । इम्मानुयल हिन्दू धर्म र श्रीकृष्णको विषयमा धेरै नै जानकार हुनुका साथै मेलमिलापका सिपालु नायक हुन् । हामीले नेपालमा सुरु गरेको मेलमिलापको प्रयासस्वरुप आफ्नो देश वेनीनको मेलमिलापको लोगो सहितको सामग्री उपहारमा भेट गर्नुभयो । त्यस्तै युनिभर्सिटी अफ हवाई सिष्टमका प्रोफेसर योशिकावाले आफ्नो भारतको अध्ययन अनि पोखराको भ्रमणका साथै दार्शनिक दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । दोस्रो विश्वयुद्धको पीडा, छोटो जापानी इतिहास र भविष्यको चिन्तालाई गहन वहसका साथै सामुहिक पहलको आवश्यकतालाई महत्व दिएको पाउँदा हामी नेपालीहरुले योगदान पुर्याउन सकिने भयो भनी मनमनै खुसी भइरहन्थेँ । विश्व शान्तिको लागि सन् १९८६ देखि चालिएका मेरा पाइलाहरुले वल्ल साथ पायो भनी स्वमूल्याङ्कन गरिरहेँ । हामीले वुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथाको रंगीन पोष्टरहरु उपहारस्वरुप दिँदा हिमाल र वुद्धको जम्नस्थलकै महत्वको बारेमा केही घन्टा छलफल चलिनैरह्यो । मेलमिलापको सन्दर्भमा मैले नेपालीमा तयार गरेको कार्यपत्रलाई आधार बनाई व्याख्या गर्दा सकारात्मक प्रतिक्रियाहरु बीच-बीचमा पाइ नै रहेँ । खास गरी हामी रहेको सौर्यमण्डलमा सूर्य र चन्द्रमा नै प्रमुख जीवनदाता हुन् र उनीहरुकै भूमिकाका कारण पृथ्वीका मानिस र जीवजन्तु र वनस्पतिहरु बाँचेका छन् भन्ने खगोलीय प्रस्तुती नेपालीहरुलेभन्दा सहज ढंगले स्वीकारेको पाएँ । ‘यत्पिण्डे तत् वहृमाण्डे’ अर्थात् यो शरीररुपी पिण्ड र व्रहृमाण्ड एउटै हो भन्ने हाम्रो पूर्वीय सूत्रको समेत आधार लिँदै यो सृष्टिको संरचना नै मेलमिलापमा आधारित छ भन्ने प्रमाण उहाँहरुलाई पनि वैज्ञानिक लाग्यो । भौतिकशास्त्रले जीवनको स्रोत सूर्य हो भन्नु र ‘प्राणवै अर्क’ अर्थात् प्राण नै सूर्य हुन् भनी हिन्दू धर्मले मान्नुलाई आधार लिँदै प्राणको संचालन दायाँ र वाँया नासिकाबाट गराएर शरीरको सन्तुलन मिलाउने चन्द्रमाको कारणले हो भन्दै सूर्य र चन्द्रमाको मेलमिलापबाट जीवको अस्तित्व चलेको छ भन्दा थप आधार पाएको उहाँहरुले बताउनु भयो । एवम् प्रकारले खगोल, ज्योतिष, योग, वेदान्तलगायतका ज्ञानका आधारमा मेलमिलाप नै भावी विश्वको साझा धर्म बन्ने कुरालाई हाम्रो तर्फबाट प्रस्तुत गर्न सक्यौं । जसरी पृथ्वी, सूर्य र चन्द्रमा सबै धर्म, जात र क्षेत्रका लागि साझा आस्थाका केन्द्र हुन्, त्यसै गरी मेलमिलाप पनि सबैको साझा आस्था, संस्कृति वा संस्कार बन्न सक्दछ भन्ने हाम्रो अभियानलाई विश्वसमक्ष प्रस्तुत गर्न पाउने अवसर यस भ्रमणले अब उपलब्ध गराउने छ भन्ने विश्वास लागेको छ ।
हाम्रा दुई विशाल छिमेकी भारत र चीनको बीचमा रहेर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा शान्ति र मेलमिलापलाई पुर्याउँदै सभ्यताको रक्षा गर्न हाम्रो पहल पनि महत्वपूर्ण छ । केही महिनाअघि भारतको सिक्किम राज्य हुँदै आसाम-मणीपुरसम्मको अध्ययन भ्रमण गरी भारतको आन्तरिक सुरक्षामाथि लेखेको केही दिनमै आसाममा स्थानीय वोडो समुदाय र मुसलमानबीच फैलिएको हिंसात्मक झडपले लाखौं विस्थापित हुनुका साथै सयौंको ज्यान गएको समाचार हामीले पायौं । आपसी भाइचारा, सहअस्तित्व र मेलमिलापको लागि धार्मिक क्षेत्रले अघि बढेर शान्ति र मेलमिलापलाई संस्थागत गर्नु पर्दछ भन्ने दृष्टान्त अपि|mकी राष्ट्र वेनीनबाट लिँदै सिक्किम राज्यले विकास गरेको अन्तरधार्मिक, अन्तरसांस्कृतिक संरचनालाई उपयोग गर्दै त्यस क्षेत्रमा सद्भाव, सहिष्णुता र मेलमिलापको वातावरण बनाउन सकिन्छ ।
ठजापानको छलफल र त्यसको निष्कर्षलाई आत्मसात गर्दै शान्तिको दर्शन लेख्ने प्रयासस्वरुप आफ्नो तर्फबाट प्रथम अध्याय तयार गर्दा ११ रुद्रको रुपमा ११ अध्याय लेख्ने निर्णयमा पुगेको छु । परिवर्तन पवित्र भएमा प्रतिफल पनि पवित्र हुने हुनाले पवित्र भावनाले सृष्टिको रक्षा गर्नु सबैको कर्तव्य हो । आगामी वर्ष आयोजना हुने विश्व सम्मेलनमार्फत हाम्रो विचारहरु विश्व सामु पुग्ने छन् ! उच्च हिमशिखर, उच्च महल र विश्वकै उच्च स्काइ टावरझैँ भएर ।