Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

जापानमा सँधैको भन्दा यो बर्षको जाडो उच्चतम नै रहेको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यही जाडो भगाउन भनुँ या नयाँ बर्ष मनाउन यसपाली जापानमा थुप्रै नेपाली कलाकारहरुको घान हुने भएको छ । जापानको सवालमा यसरी यति धेरै नेपालका नाम चलेका कलाकारहरुको एउटै अवसरमा भेला हुने भएको पनि पहिलो चोटी नै हो । यस अर्थमा जापानबासी नेपालीहरुको लागि यो पालीको नयाँ बर्ष अर्थात सन २०१३ को सुरुवात ऐतिहासिक नै बन्ने भएको छ ।

जसअनुसार जनवरी १ तारिख हुन गईरहेको मगर सेवा समिति जापानको १७ औं लाङ्घाली साँझको लागि हास्य तथा नृत्य कलाकार विल्सनविक्र राई (तक्मे बुढा) लोकगायक रामजी खाँड र लोक गायिका संगिता थापा मगर आउने भएका छन् भने १ तारिखकै दिन हुन गईरहेको वामी सेवा समिति जापानको वामेली शुभकामना साँझका लागि गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य साथमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल आईसकेका छन् ।

यसैगरी  डिसेम्बर ३१ मा ओसाका,  जनवरी १ मा नागोया र २ तारिखका दिन  टोकियोमा  हुनगईरहेको गल्कोट समाज जापानको सांगीतिक यात्रा (पहिलो शृँखला) को लागि लोक तथा दोहोरी गायक-गायिका बिष्णु खत्री र टिका पुन, गायक तथा सर्जक बसन्त थापा र हास्य कलाकार जितु नेपाल (मुन्द्रे) आउने भएका छन । सोही दिन तमुधीं जापानको सप्रि ल्होसार पर्व २०१३ का लागि गायक खेमराज गुरुङ र खेलाडि तथा चलचित्र नायिका सिपोरा गुरुङ आउने भएका छन् ।

हाम्रो मुलुकका चर्चित तथा ख्यातीप्राप्त कलाकारहरुलाई जापानमा हृदयदेखि हार्दिक स्वागत छ ।

सबै कार्यक्रमहरु एकैचोटी परेकोले यो पटक कार्यक्रमको निम्ता मान्न पनि कहाँ जानु कहाँ नजानु ? अनि कस्काँ जानु कस्काँ नजानु भनेर निकै अप्ठेरोमा परेको जापानका अथितिगणहरुको गुनासो पनि सुन्नमा आएको छ ।

यसरी कार्यक्रमहरुको होडबाजी र हानथाप एवं एकैचोटी जुधाईनु राम्रो सँस्कारको सुरुवात भने मान्न सकिन्न । यसले कालान्तरमा नेपाली समुदायमा विभिन्न समस्याहरु उत्पन्न हुन सक्ने देखिन्छ । यसतर्फ समाजका जिम्मेवार पंत्तिको बेलैमा ध्यान जान आवश्यक छ ।

यद्यपि नयाँ बर्षको उपलक्ष्यमा आयोजित सबै कार्यक्रमहरु सफल र ऐतिहासिक बन्न सकून् भन्ने कामना छ ।

डिसेम्बर ३१ देखि जनवरी १ र २ तारिख जम्मा तीन दिनको अन्तरालमा बिभिन्न संस्थाहरुको छुट्टाछुट्टै आयोजनामा नेपालबाट आमन्त्रित कलाकारहरुको जापानमा धमाका हुन गईरहेको छ । कार्यक्रमका आयोजक सँस्थाहरु चुनावी प्रचारमा हिडेका उम्मेदवारझैं त्यता हैन यता भन्न पनि थालिसकेको स्थिति छ । संस्थागत र समुहगत तरिकाले आपसीभाइचारा र एवं सहकार्य गरी हातेमालोको बिकास गर्नुपर्नेमा यसरी प्रतिस्पर्धात्मक तरिकाले कार्यक्रमको आयोजना गर्ने सँस्कारले भविष्यमा अझ अस्वस्थ्य प्रतिस्पर्धाले गर्दा विकराल स्थिति नहोला भन्न सकिन्न । त्यसैले कार्यक्रम आयोजनापूर्व आयोजक सँस्थाहरुबिच पारस्परिक समन्वय कायम हुनु जरुरी छ ।

अन्तमा, २०१३ को आगमनसंगै तमाम श्रद्धेय नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । बिजोर संख्याको नयां बर्ष – २०१३ यो धर्तीको लागि शुभ होस ! ***

 

 

तपाईको प्रतिक्रिया