बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – नेपाल जापान युथ क्लवद्वारा टोकियोमा गत आइतवार आयोजना गरिएको नेपाल फेडरेशन रनिङ कप २०१२ को उपाधि नेपाल युनाईटेड ‘A’ ले हात पार्न सफल भएको छ । प्रतिकुल मौसमको बाबजुद पनि नेपाल युनाईटेडले मनकामना एफसिलाई १ को बिरुद्द २ गोल गरि आफ्नो ईतिहासलाई निरन्तरता दिएको हो । अघिल्लो वर्ष पनि नेपाल युनाईटेडले सफलता हासिल गरेको थियो ।

एकता र मित्रताका लागि फूटबल भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिता पर्वत जिल्ला रानीपानी गाबिसका बलबहादुर परियार र कौशिला परियारका ५ जना अपांग सन्तानको सहयोगार्थ आयोजना गरिएको थियो । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडि बसन्त गौचनको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि नेपाल युनाईटेडबाट विसन गौचन छानिए भने सर्वाधिक गोल गर्न सफल खेलाडि नेपाल युनाईटेडका क्याप्टेन संगित शाक्य भए ।

यसैगरी एनआरएन जापान र नेपालजापान युथ क्लबको विचमा च्यारिटि म्याच भएको थियो । उक्त म्याचबाट संकलित रकम पचास हजार येन पर्वत जिल्ला रानीपानी गाबिसका बलबहादुर परियार र कौशिला परियारका ५ जना अपांग सन्तानको सहयोग स्वरुप हस्तान्तरण गरिने आयोजक संस्थाको सदस्य सौगात गुरुङले जानाकारी दिए ।

कार्यक्रमको प्रायोजन आईएमई क्योदाई रेमिट्यान्स, माया रेष्टुरेन्ट, सिन्जुकु योकोच्योले गेरका थिए । ***

तपाईको प्रतिक्रिया