बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो- जापानमा रहेका विभिन्न पेशा तथा व्यवसायमा कार्यरत लमजुङ्गेहरुलाई एउटै छानामुनि गोलवन्द गर्ने उद्देश्यका साथ लमजुङ्गेहरु पनि संगठित भएका छन् । यही नोभेम्वर ११ तारीकका दिन टोकियोको आसागायास्थित न्यू नमस्ते हिमाल रेष्टुरेण्टमा भएको लमजुङ्गेहरुको भेलाले एक कार्य समिति गठन गरेको छ ।

समितिको पदाधिकारीहरुमा क्रमशः अध्यक्ष ऋतुकुमार दुरा, उपाध्यक्ष विनोद ढुंगाना, महासचिव वुद्धिराज घिमिरे, सचिव दामोदर धिताल र कोषाध्यक्षमा मिनराशी गुरुङ्ग चयन हुनु भएको छ । त्यसैगरी अन्य सदस्यहरुमा शैलेन्द्र मिश्र, इश्वरी न्यौपाने, अमृत गिरी र सुवास मिश्र रहनुभएको छ । लमजुङ्गबाट विभिन्न पेशा तथा व्यवसायले जापानमा आई वसोवास गरिरहेका लमजुङ्गेहरुलाई एकतावद्ध गरी लमजुङ्गेहरुको हितमा काम गर्न समाजको गठन गरिएको कुरा अध्यक्ष ऋतुकुमार दुराले बताउनुभयो ।

जापानमा भएका अन्य संघसंस्था एवं समाजहरुसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने समाजको उद्देश्य रहेको छ । अर्को  वैठक  आगामी महिना डिसेम्वरको ११ तारीक वस्ने भएको छ । पहिलो भेलामा छुटेका लमजुङ्गेहरुलाई आगामी वैठकमा अनिवार्य उपस्थित हुन पनि अनुरोध गरिएको छ । अहिले बनेको कार्यसमितिले आगामी ६ महिना भित्र समाजको विधान लेखनलाई सम्पन्न गरी साधारण सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा जापान तथा देश विदेशमा भएका समस्त नेपालीहरुलाई विजया दशमी तथा दीपावलीको शुभकामना व्यक्त गरिएको थियो । अन्य जानकारीको लागि सम्पर्कः ऋतुकुमार दुरा ०९०-९४०५-५६३६, विनोद ढुंगाना  ०९०-९३८०-४७७९, बुद्धिराज घिमिरे ०९०-९३९५-१८४३, दामोदर धिताल  ०८०-४८९६-७७५५, मिनराशी गुरुङ्ग  ०८०-६६५८-५५६४, शैलेन्द्र मिश्र  ०८०-३६९४-९३०० रहेको छ ।

 

तपाईको प्रतिक्रिया