सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानले कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई एक समारोहका बीच बिदाई गर्ने भएको छ । सो अवसरमा कक्षा १२ र कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि युनिभर्सिटी काउन्सेलिङ सेसन पनि राखिएको उक्त स्कुलका प्रिन्सिपल बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

यहि मे महिनाको १८ तारिख शनिबारका दिन तय गरिएको काउन्सेलिङ सेसन सहितको बिदाई कार्यक्रम चिबा प्रिफेक्चरको माकुहारीस्थित आपा होटल एण्ड रिसोर्टमा हुने बताईएको छ ।

क्राउन इन्ष्टिच्युट अफ हायर एजुकेशन अष्ट्रेलियाका प्रतिनिधिहरुबाट हुने युनिभर्सिटी काउन्सेलिङ सेसनसंगै कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीहरुको बिदाई गरिने भएको हो ।

उक्त समारोहमा सञ्चालक समितिका सबै पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई उपस्थितिका लागि निमन्त्रणा पठाईसकिएको स्कुल स्रोतले जनाएको छ । कार्यक्रम अपरान्ह २ बजेदेखि साँझ साढे ७ बजेसम्म रहने बताईएको छ ।

स्मरण रहोस्, एभरेष्ट इन्टरनेनशल स्कुल जापानबाट यसपटक दोस्रो ब्याचमा ३२ जना १२ कक्षाको बोर्ड परीक्षामा सरिक भएका हुन् भने हाल कक्षा ११ मा ३८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।***

 

तपाईको प्रतिक्रिया