Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन् । शिवनाथ-१ स्थित नागार्जुन आधारभूत विद्यालयका शिक्षक करनसिंह साउँदले कक्षा ९ मा अध्ययनरत छात्रालाई भगाएका हुन् ।

साउँदले नागार्जुन कक्षा ९ मा पढ्दै गरेकी गाउँकै छात्रालाई भगाएका छन् । गाउँपालिकाले नियुक्त गरेका करिब २८ वर्षीय शिक्षक साउँदले जेठ २ गते बुधवार गाउँकै छात्रालाई बिहे गर्ने भन्दै भगाएर भारत लगेको खुलेको छ । केटी भगाउने शिक्षक साउँद विवाहित हुन् । उनका दुई छोरा रहेको स्थानीयले बताएका छन् ।

शिवनाथ गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष मानसिंह साउँदले करनसिंहलाई भारतमा पक्राउ गर्न पहल गरेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया