बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो -तिहारको आगमन सँगसँगै जापानमा रहेका नेपालीहरुले तासको खाल वाक्लै जमाउन थालेका छन् । त्यसो त दशैं अगाडि देखि नै तास नखेलिएको भने होइन । दशैंको टिकाको दिन त ५/१० मान सम्मको हारजीतको खेल भयो, जुन अहिले १० मान भनेको नेपाली  एक लाख रुपैयाँ बरावर हो । एउटा साधारण स्टुडेन्टको लागि त यो अति ठूलो जुवा नै हो – नाम नवताउने शर्तमा एकजना विद्यार्थीले भने ।

विद्यार्थी भिषामा जापान आएका कतिपय विद्यार्थीहरु स्कूलै नगई तासको खालमा रमाउन थालेका छन् भने रेष्टुरेष्टमा काम गर्ने कुक तथा रेष्टुरेष्ट मालिकहरु पनि रेष्टुरेष्टमै तास खेलाउन थालेका छन् । एकातिर स्कूल नजाने, अर्कोतिर पैसा हार्ने अनि काममा पनि विदा वस्नाले कम्पनी घाटामा छ- उनलै हाँस्दै भने । त्यतिले मात्र नभई जाँड रक्सी पिउँनेहरुलाई त अझ चर्को परेको उनको अडकल छ ।

नेपालमा जस्तो पुलिस प्रशासनले खासै निगरानी नगर्ने अनि पारिवारिक डर पनि नहुनाले विद्यार्थीहरु यो लतमा फसेका हुन । तिहारको नाममा दीपावली तथा जुवा पाटीको आयोजना पनि प्रशस्तै आयोजना गरिएको छ । १ वर्षअघि जापान आएका पोखरा घर बताउने एकजना विद्यार्थीले भने- “दशैंमा हारेको दाम तिहारमा नउठाइ भएको छैन ।” “व्यापार घटेको बेला तास खेलाएर भए पनि अलिअलि उपति भएकै छ”-साइतामा केनमा रेष्टुरेष्ट व्यवसाय गरेका एक रेष्टुरेष्ट मालिकले वताए । टीम नपुगेमा उनी आफू पनि खालमा जम्ने कुरा सुनाए ।

तपाईको प्रतिक्रिया