बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024
टोकियो– बलात्कार अभियोगमा १५ वर्ष अनाहक जेल जीवन बिताएका नेपाली नागरिक गोविन्दप्रसाद मैनालीसँग जापान सरकारले माफी मागेको छ ।
जापानी कानुनमन्त्री माकोतो ताकीले टोकियोमा पत्रकार सम्मेलन गरी मैनालीसँग माफी मागेका हुन् । मैनाली सम्पूर्ण निर्दोष रहेको फैसला जापानको उच्च न्यायालयले गरेको दुई दिनपछि कानुनमन्त्री माकोतोले माफी मागेका हुन् ।
‘१५ वर्ष अनाहक जेल बस्नुपरेकोमा मैनालीजीसँग माफी माग्न चाहन्छु,’ कानुनमन्त्री माकोतो ताकीले भने । ४६ वर्षीय मैनालीले निर्दोष प्रमाणित गरेलगत्तै काठमाडौंमा पत्रकार सम्मेलन गरी ढिलै भए पनि न्याय पाएकोमा हर्ष व्यक्त गरेका थिए ।
मैनालीले जेलमा आफूले कष्टपूर्ण जीवन बिताएको  अभिव्यक्तिले दिएका थिए । ‘डीएनए परीक्षण नभएको भए म जेलमै सड्ने थिएँ, सायद म जेलमै मर्ने थिएँ,’ मैनालीको भनाइ छ ।
यौनकर्मी बलात्कारमा मैनालीले सफाइ पाए पनि अरु कोही पक्राउ परेका छैनन् । ***

निर्दोष प्रमाणित भएपछि मैनालीले के भने ? क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया