बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – सामुहिक लगानी मार्फत मुलुकमा बिभिन्न बिकास आयोजनाहरु भित्र्याउने एनआरएनको अभियान अन्तर्गत पहिलो प्राथमिकतामा परेको जलबिद्युतमा लगानी गर्न एनआरएनले सँस्थापक शेयर खुल्ला गरेको छ । सामुहिक लगानीका लागि नेपालमा कम्पनी दर्ता भईसकेको र एक ब्यक्तिले १ लाखदेखि १ करोडसम्म लगानी गर्न पाउने प्रावधानबमोजिम शेयर रकमको २५ प्रतिशत पहिलो किस्ता रकम यहि नोवेम्बर मसान्तभित्र दाखिला गर्न पनि एनआरएन सामुहिक लगानी समितिले आह्वान गरेको हो ।

एनआरएन अन्तरराष्ट्रिय समन्वय समितिका (आइसीसी) अध्यक्षसमेत रहेका सामुहिक लगानी समिति (सीआइसी) का संयोजक जीवा लामिछानेले एक बिज्ञप्ती प्रकाशित गर्दै उक्त आह्वान गर्नुभएको हो ।
एनआरएन आइसीसी सामुहिक लगानी समितिको तर्फबाट प्रेषित बिज्ञप्ती यसप्रकार छ ।
आदरणिय साथीहरु !
समृध्द नेपाल हाम्रो साझा सपना हो ! नेपालको आर्थिक बिकासमा गैर आवासीय नेपालीहरुले आ-आफ्नो हैसियतबमोजिम योगदान गर्नु हाम्रो दायित्व हो भन्ने हामीले ठानेका छौं। नेपालको विकासको पहिलो आधार जलबिद्युतनै हो भन्ने वास्तविकतालाई ध्यानमा राख्दै हामीले गैर आवासीय नेपालीहरुको सामुहिक लगानीको माध्यमवाट पहिलो चरणमा जलबिद्युत क्षेत्रमा लगानी गर्ने निर्णय गरेका छौं । जलबिद्युत क्षेत्र तुलनात्मकरुपमा कम जोखिमपूर्ण, लगानीको १५ देखि २५ प्रतिशतसम्म फाइदा लिन सकिने र सरकारले उत्पादित बिद्युत किनिदिने ग्यारेण्टी समेत गरिदिएकोले यस क्षेत्रमा लगानीका लागि हामी थप उत्साहित भएका हौं । यसै उद्देश्यले ५ अरव नेपाली रुपैया अधिकृत पूँजी भएको एनआरएन इनभेष्मेण्ट नामको पव्लिक लिमिटेड कम्पनी यही २०६९ साल भाद्र ३१ गते नेपालको कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ वमोजिम दर्ता गरि हाल लगानी गर्न ईच्छुक गैर आवासीय नेपालीहरुका लागि संस्थापक शेयर जारी गर्ने प्रक्रियामा हामी लागेका छौं ।
यस कम्पनीको संस्थापक शेयरधनी हुनका लागि एक ब्याक्तिले कम्तिमा एक लाखदेखि वढीमा एक करोड नेपाली रुपैया सम्म लगानी गर्न सक्नेछन । लगानी गर्न चाहनुहुने गैर आवासीय नेपालीहरुले शुरु किस्ताकारुपमा आफूले कवुल गरेको रकमको २५% रकम (कम्तिमा एक लाख) यही नोभेम्वर ३० तारिखसम्म कम्पनीको तल उल्लेखित ३ वटा बैंक खाता मध्ये कुनै एकमा जम्मा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं !

1. Bank Name: Nepal Investment Bank Ltd. Branch Name: Lazimpat, Kathmandu A/C No. 03601040252744
SWIFT CODE: NIBLNPKT

2. Bank Name: Bank of Kathmandu Ltd, Kathmandu, Nepal Beneficiary: NRN Investment Ltd
Beneficiary’s account No: 010000062385 SWIFT Code: BOKLNPKA

3. Bank Name:  Sanima Bank Limited, Kathmandu, Nepal
Beneficiary’s Name: NRN Investment Limited  Beneficiary’s Account No: 001-000-1096401
SWIFT: SNMANPKA

लगानी गर्न चाहनुहुने व्यक्तिहरुले पेश गर्नु पर्ने आवश्यक कागजपत्रहरु यस प्रकार रहेको छ ।
१. संस्थापक शेयर धनीको व्यक्तिगत विवरण र  मञ्जुरीनामा :
२. लगानी प्रतिवद्धतापत्र :
३.  नेपाली नागरिकताको प्रतिलिपी वा नेपाल सरकारवाट जारी गरिएको एनआरएन वा पिएनओ कार्डको प्रतिलिपी :

थप जानकारीका लागि देहायका व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
1.  महेशकुमार श्रेष्ठ  (090-9366-4480) सहअध्यक्ष – एनआरएन आइसीसी सामुहिक लगानी समिति तथा सल्लाहकार CIC जापान
2 . ओम गुरुङ ( Tel-080-4471-0777) अध्यक्ष – एनआरएन जापान तथा सल्लाहकार CIC जापान
3.  बिष्णु रेग्मी – निगाता तथा अन्य सबैक्षेत्र -(Tel-090-1371-3750) संयोजक CIC जापान तथा उपाध्यक्ष, एनआरएन जापान
4. भूषण घिमिरे (080-3791-1660) सल्लाहकार एनआरएन जापान तथा CIC जापान
5. डिलाराम खरेल -नागोया क्षेत्र -(090-6454-4295) सदस्य CIC जापान एबं उपाध्यक्ष, एनआरएन जापान
6. यमलाल ढकाल (राजु) (Tel- 090-9848-1641) – कान्तो क्षेत्र –  सदस्य एनआरएन जापान तथा सहसंयोजक CIC जापान
7.  तुलसीराम खरेल- ओसाका क्षेत्र (090-6666-2485) सदस्य CIC जापान तथा एनआरएन जापान
8.  रबि गैरे-हिरोशिमा क्षेत्र (l-090-6432-3924) सदस्य CIC जापान
9. टंक गैरे-क्युश्यु क्षेत्र (090-3414-7642) सदस्य, CIC जापान

सम्पर्क कार्यालय:  2-10-9 (202) Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073

सामुहिक लगानी सम्बन्धि प्रश्नोत्तरको संगालो  

 

तपाईको प्रतिक्रिया