बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – नेपालीहरुको अर्को महान चाड दीपावलीको उपलक्षमा म्याग्देली सञ्जाल जापानले आउँदो १७ तारिख शनिबार साँझ देउसी साँझ कार्यक्रम गर्ने भएको छ ।

बिगतका बर्षहरुमा झैं सञ्जालले यो बर्ष पनि देउसी भैलो तथा अन्य तिहारजन्य कार्यक्रमहरुसहित दीपावली मनाउन देउसी साँझ कार्यक्रमको आयोजना गरेको अध्यक्ष महेन्द्र खड्काले बताउनुभयो ।

जिल्लाबासीहरुलाई संगठित गर्दै हाम्रा चाडपर्व र मौलिक सँस्कृतिलाई संबर्द्धन गर्ने उद्देश्यसहित हरेक बर्ष देउसीभैलो कार्यक्रम आयोजना गर्ने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रम अर्को साताको शनिबार साँझ ८ बजेदेखि गोतान्दास्थित माया रेष्टुरेन्टमा गरिने सञ्जालले जानाकारी गराएको छ । उक्त कार्यक्रममा उपस्थित भईदिन समस्त जिल्लाबासी तथा ईच्छुक सबैमा म्याग्देली सञ्जालले हार्दिक आमन्त्रण गरेको छ । आउदो १५ तारिख भाइटीका भएपनि जापानमा  बिदाको तालमेल मिलाउनुपर्ने भएकोले १७ तारिख शनिवार देउसी कार्यक्रम राखिएको बताईएको छ । ***

 

तपाईको प्रतिक्रिया