बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – नेपाल जापान युथ क्लवले प्रतिकुल मौसमको कारण यस अघि स्थगित गरिएको नेपाल फेडेरेशन रनिङ कप फूटबल प्रतियोगिता पर्सी  नोभेम्बर ११ तारिख आइतवार हुने भएको  छ ।

एकता र मित्रताका लागि फूटबल भन्ने नाराकासाथ आयोजना गरिएको उक्त प्रतियोगितामा भाग लिनका लागि १२ टिमले नाम दर्ता गराईसकेको उक्त क्लवले जनाएको छ ।

पर्वत जिल्ला रानीपानी गाबिसका बलबहादुर परियार र कौशिला परियारका ५ जना अपाङ्ग सन्तानको सहयोगार्थ उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

बिभिन्न पेशा, ब्यवसाय तथा क्षेत्रसंग सम्बन्धित नेपालीहरुबिच आपसी मित्रता र सद्भावलाई मजबुत बनाई सबैको मनोबल उच्च बनाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा फूटबलका राष्ट्रिय खेलाडि बसन्त गौचनको प्रमुख आतिथ्यतामा रहने कार्यक्रम रहेको बुझिएको छ ।

कार्यक्रम सम्बन्धी जानकारी

कार्यक्रम: नेपाल फेडेरेशन रनिङ कप २०१२
मिति: ११ नोभेम्बर २०१२ आइतवार ।
स्थान: टोकियो बे फूटसाल क्लवरेलमार्ग: आनामोरी इनारी स्टेशन हानेडा एअरपोर्ट जाने रुटमा गत बर्षकै खेलमैदान
समय: दिउसो १२ बजे

तपाईको प्रतिक्रिया