Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौं- एक ५६ वर्षीया गृहिणी हरेक बिहान ९:३० बजे झोला बोकेर घरबाट निस्किन्छिन् । उनलाई नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी भनेर चिन्नेहरूले ठान्लान्– पार्टी कामको चटारोमा दौडिएकी होलिन् । तर, यतिबेला उनी हान्निँदै हुन्छिन् स्कुलतिर ।
 आमगृहिणी एवं नेता–पत्नीहरूको भन्दा विल्कुलै फरक जीवनशैली छ सुष्मा पोखरेलको । उनी गृहिणी मात्रै नभएर एक स्कुले विद्यार्थी पनि हुन् । घर–व्यवहार र पढाइलाई सँगसँगै अगाडि बढाउन सजिलो छैन । ‘लौ आज मिसले पिट्नुहुने भो, होमवर्क नै सकेको छैन । बिहान अलि सबेरै उठ्नुपर्ने रै’छ † आज घरमा अलि धेरै भेट्ने मान्छे आए, खाना–खाजा गर्दा पढ्ने समय नै पुगेन ।’ घरबाट निस्किएपछिको करिब २० मिनेट हिँडाइमा उनको मनमा यस्तै तर्कना खेलिरहेका हुन्छन् ।
उमेरले गुरुआमाभन्दा जेठी सुष्मालाई विद्यार्थी बनेर नातिनी उमेरका नानीहरूकै लहरमा मिसिन कुनै संकोच लाग्दैन । उनी पढ्ने गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालय मूल सडकबाट देब्रेतर्फ करिब २ सय मिटर भित्री बाटोमा छ । टिनको छानो भएको एउटा सानो कोठामा १३र१४ वर्षका १०र१२ जना छात्रा हुन्छन् । यो हो कक्षा सात । सुष्माको सिटचाहिँ देब्रेतिरको अघिल्लो बेन्चमा रहेछ ।
कक्षाकोठामा पुग्नासाथ झोलामा मिलाएर राखेको किताब–कापी अनि कलम निकाल्छिन् । पावरदार चस्मा आँखामा भिर्छिन् । आडैकी किशोरी साथीलाई कानमा सुटुक्क सोध्छिन्, ‘आजको पाठ कुन रे †’ पाको भइसकेको दिमागले सायद सजिलै सम्झँदैन । साथीको सल्लाहअनुसार सम्बन्धित पाठ पल्टाउँछिन् । आँखा तन्काउँदै अक्षरका भाव र अर्थ बुझ्नतिर तल्लीन हुन्छिन् । सुष्मालाई नजानेका कुरा मिससँग सोध्न केही अप्ठ्यारो लाग्दैन ।
बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म पूरा समय स्कुलमा बिताउँछिन् सुष्मा । रहरको पढाइ भएर होला, कक्षामा अल्छी पटक्कै मान्दिनन् । न त केही कुरा नजानेकोमा आत्तिन्छिन् । किनकि यिनलाई थाहा भइसकेको छ– पढ्दै जाँदा विस्तारै सबै कुरा जानिन्छ ।
‘शिशु कक्षाबाट एक वर्षमै तीन कक्षामा पुगेँ,’ औपचारिक पढाइको ६ वर्षअघिको सुरुआती अनुभव बाँड्दा सुष्मा रोमाञ्चित हुन्छिन्, ‘मैले त सानो एबिसिडी यहीँ आएर सिकेकी हँु ।’ अंग्रेजी पढ्न पाएकामा उनी दंग छिन् । उनको सबैभन्दा मन पर्ने विषय नै अंग्रेजी रहेछ । ‘अंग्रेजी नै सजिलो, स्पिलिङ जानेपछि सुइँ–सुइँ अगाडि बढ्छ । न डिक दिनुपर्ने न त ह्रस्व–दीर्घ मिलाउने झन्झट †’ उनी भन्छिन् । त्यसो त कहिलेकाहीँ होमवर्क पूरा नगर्दा सजाय पाएर क्लासमा उभिइरहनुपर्दा आत्मग्लानि हुन्छ उनलाई । त्यसैले घर आएपछि खाजा, भातको धन्दा सकिएपछि होमवर्कतिर लागिहाल्छिन् । जानेको आफँै लेख्छिन्, नजानेको नातिनीसँग सिकाइमाग्छिन् । फुर्सदका बखत पतिले पनि पढाउँछन् रे अहिले त †
घरमा आउने नेता–कार्यकर्ता पनि उनले पढ्न थालेको थाहा पाएपछि थप हौस्याउँदा रहेछन् । ‘बहिनीले पढेर राम्रो काम गर्नुभयो,’ एमाओवादी अध्यक्ष प्रचण्डले भनेको सम्झिन्छिन् । नेकपा मालेका नेता सिपी मैनालीले पनि उनलाई हौस्याएका थिए । ‘ओहो † तपाईंले पढ्न थालेको थाहा पाएर म त साह्रै खुसी छु । तपाईंलाई काम लाग्ने केही पुस्तक मसँग पनि छन्, ल्याइदिन्छु है †’ यसो भनेर गएका मैनालीले अहिलेसम्म पुस्तक नल्याएको उनको गुनासो छ ।
सुष्माले पढ्न थालेको एक वर्षपछि उनकै बाटो पछ्याउँदै माओवादी नेता पोष्टबहादुर बोगटीकी पत्नी राममाया र कृष्णबहादुर महराकी पत्नी सीता पनि त्यही स्कुल भर्ना भए । राममाया पाँच कक्षामा पढ्छिन् । सीताले चाहिँ कक्षा दुईमा पढ्दापढ्दै बिरामी भएपछि छाडिदिइन् ।
पढ्न थालेदेखि सुष्मा अहिलेसम्म अनुत्तीर्ण भएकी छैनन् । पढाइमा जेहेनदार छिन् । अध्ययनलाई टुंगोमै पुर्‍याउने उनको लक्ष्य छ । पतिको व्यस्तता अहिले झनै बढेको छ । एनेकपा ९माओवादी० सँग छुट्टिएर नेकपा–माओवादी खोलेका छन् । पतिको व्यस्ततामा सघाउन सुष्मा भ्याउँदिनन्, दिनहुँ होमवर्क गर्नुपर्ने चटारोले । राजनीतितिर उनको चासो घटेको छ, पढाइमै घोत्लिइरहन्छिन् ।
पतिले माक्र्सवादको सौन्दर्यशास्त्रबारे लेखेका किताब कनिकुथी भए पनि पढूँजस्तो लाग्छ उनलाई । तर, भ्याउँदिनन् । अप्ठ्यारो सुनाइन्– ‘के गर्नु आफ्ना कोर्सकै किताब पढ्न भ्याइँदैन, नत्र जाँचमा फेल भइहालिन्छ नि †’
नेता वैद्य पनि पढाइमा पत्नीले चाख दिएको देख्दा गद्गद् छन् । ‘उनको ज्ञानको क्षेत्र फराकिलो भएको छ,’ वैद्यले सौर्यसँग भने, ‘म खुसी छु ।’ पार्टी कामको चटारोले गर्दा पत्नीलाई पढाइमा सघाउन भने नसकेको उनको भनाइ छ । ‘मलाई बेलाबेला होमवर्क गर्दा पाठका कुरा सोध्छिन्,’ वैद्यले भने, ‘तर उनको पाठ कहाँ पुगेको हुन्छ, कति त आफैँले नबुझेको कुरा हुन्छ, मैले कसरी उत्तर दिनु †’ आफूले भन्दा पनि छोरीहरूले आमालाई पढाइमा सघाउने गरेको उनको भनाइ छ । एकचोटि पत्नी पढ्ने स्कुलको कार्यक्रममा जाँदा शिक्षिकासित भेट भएको र शिक्षिकाले सुष्माको मिहिनेतको तारिफ गरेको उनले सुनाए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया