Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

एन्ट्रोपेन – नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकप-माओवादीका उपाध्यक्ष सीपी गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा नेकपा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्ट्रोपेन शहरमा सम्पन्न भयो । कार्यक्रममा नेता गजुरेलले नेपालको वर्तमान परिस्थितिको चित्रण गर्दै भन्नुभयो—नेपाल अहिले राजनैतिक, संवैधानिक तथा आर्थिक रुपमा समस्याग्रस्त अवस्था छ । महान् १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले प्राप्त गरेको संविधान सभामार्फत नयाँ संविधानमार्फत अग्रगामी परिवर्तनको पक्षमा वसेका नेपालीहरुको आशामा गन्भीर कुठाराघात भएको छ । संविधान जारी हुने दिनमा संधिवान सभाको विघटनले नेपाली जनताहरुमा आक्रोश पैदा भएको स्मरण गराउनुभयो ।

पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्थाको स्मरण गराउँदै वर्तमान अवस्था नयाँ संविधान सभाको निर्वाचन वा पुर्नस्थापना गर्न संवैधानिक कुनै धाराहरु खुल्ला नभएको र सम्पूर्ण राजनैतिक सहमतिका आधार राष्ट्रपतिले विशेषअधिकार प्रयोग गरेर राष्ट्रपतिले कदम चाल्नुपर्ने वताउनुभयो । नयाँ संविधान सभाको निर्वाचन वा पुनर्स्थापनाले समस्या समाधान नहुने भएकाले गोलमेच सम्मेलन मार्फत् सवै दलहरुको सहमतिमा राष्ट्रपतिको कदम नै उचित हुने वताउनुभयो ।

सर्वसाधारण जनताहरुले संवैधानिक संकट निम्त्याउनुमा ६०१ सभासदहरु जिम्मेवार रहेको आरोप लगाए तापनि यसको मुख्य जिम्मेवारी कथित ३ दलका नेताहरु तथा ४ मधेशीदलहरुले लिनेपर्ने वताउनुभयो । किनकी ४ वर्षको संविधान सभाको अवधिमा संविधानका विषयमा संधिवान सभाका ६०१ सभासदहरुबीच १ घण्टा पनि बहस हुन नपाएको स्मरण समेत गराउनु भयो । ११ वटा विषयगत संवैधानिक समितिहरुलाई १ वर्ष ८ महिनासम्म थन्क्याएर प्रचण्डले सबै सभासदहरुलाई बन्दी बनाएको आरोप लगाउनुभयो । इतिहासमा मूल्याकंन गर्ने हो भने प्रचण्ड कलकंको रुपमा चिनिने जिकिर गर्दे प्रचण्डमाफर्त् जनताको पक्षमा नयाँ संविधान आउने भन्ने कुरा भ्रम मात्र भएको वताउनुहुंदै प्रचण्ड असफल नेताको रुपमा चिनिएको स्पष्ट पार्नुभयो ।

त्यस्तै आफ्नो पार्टीले उठाएको गोलमेच सभा नै वर्तमान अवस्थामा समस्या समाधानको उपयुक्त विधि हो भन्नु हुँदै उपाध्यक्ष गजुरेलले भन्नुभयो जति सहमतीय बैठकको आलाप रापे पनि दलहरुको बैठकलाई कवि गोष्ठी जस्तो हुने गरेको टिप्पणी सहभागी नेताहरुले गर्ने गरेको रोचक प्रसंग समेत सुनाउनुभयो । गोलमेच सम्मेलनमार्फत विवादित संवैधानिक विषयहरुमा छलफल गरी टुंगो लगाउने र आवश्यक परेमा केही समयका लागि सविधान सभाको पुनरस्थापना वा निश्चित अवधि वा सर्तका आधारमा अर्को संविधान सभा मार्फत संविधान बनाउने ग्यारेण्टीका साथ संविधान भाको निर्वाचनको विधि तया गर्न समेत गोलमेच सम्मेलन आश्यकतामाथि जोड दिनुभयो ।

राजु बस्नेत जस्ता जनहत्यारालाई बढुवा गर्ने क्रान्ति विरोधी, जनविरोधी बाबुराम सरकारलाई बर्खास्त नगरेसम्म सहमतीय सरकार पनि गठन नहुने वर्तमान अवस्था यथास्थितिमा रहिरहने ठोकुवा गर्नुभयो । सरकार परिवर्तन गर्ने विषयमा बाबुराम दिन दिनै बर्बराउन थालेको व्यंग्य गर्दै कालो लुगा लगाउनेहरुसँग डराउन थालेको तिखो टिप्पणी गर्नुभयो । प्रचण्डको यहि अवस्थामा २५ वर्ष शासन चलाउने योजना रहेको बताउदै नेपाललाई असफल राष्ट्र बनाउने योजना उनको रहेको बताउनुभयो । साथै प्रचण्डले ४ अर्वको भष्टाचार गरेको खुलासा गर्नुभयो । त्यसैले नेकपा-माओवादीको प्रमुख कार्यदिशा र भावी योजना भनेकै इतिहासका कुँडा कर्कडहरुलाई फाल्ने र नेपाली जनताको पक्षमा संघीय जनसंविधान बनाउने हो हुदै यदि त्यसो नभएमा आम नेपाली जनताले सार्वभौम सम्पन्न अधिकार प्रयोग गरी गोलमेच सम्मेलन गर्दै जनताले नै संविधान घोषणा गर्ने बताउनुभयो । अन्यथा नेपाली जनता अर्को आन्दोलन गर्न समेत पछि नपर्ने चेतावनी दिनुभयो । अहिले नै नेकपा-माओवादी जनयुद्ध गरिहाल्ने पक्षमा नभएको र शान्तिपूर्ण आन्दोलन मार्फत नै देशको समस्याको समाधानको बाटो खोज्ने स्पष्ट पार्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाहरुको जवाफ दिनु हुदै सवै नेताहरुलाई एउटा दृष्टिले हेर्न नमिल्ने र जनताको पक्षमा लडेकाहरुको मूल्याकंन छुट्टै ढंगले गरिनुपर्ने बताउनुभयो । कमल थापा तथा राजा ज्ञानेन्द्रसँगको भेट बारे स्पष्ट पार्दै भन्नुभयो अहिलेसम्म ज्ञानेन्द्रसँग भेट नभएको तर प्रचण्डले लुकी लुकी बत्ति निभाएर भेटेको खुलासा गर्नुभयो । साथै राजा ज्ञानेन्द्रलाई भेट्ने नै हो भने खुलमखुल्ला भेट्न बताउनुभयो । कमल थापा बाबुराम सरकारको स्थायीत्वको पक्षधर भएकाले कलम थापाको सम्वन्धमा बारे कमल थापा राष्ट्रवादी नभएको जिकिर गर्नुभयो ।

हिन्दी फिल्म संचालन तथा भारतीय नम्वर प्लेटका सवारी साधनहरुको रोक सम्वन्धमा स्पष्टीकरण दिनु हुदै यो कुनै भारत विरोधी कार्य नभै नेपालमा उत्पादित उपभोग्य सामानहरुको नेपालमा मै खपत गरिनुपर्छ भन्ने मान्यताका आधारमा रोक लगाइएको बताउनुभयो । नेपालमा उत्पादित उपभोग्य सामानहरु कुहिएर जाने, भारतबाट कुहाइएर ल्याइएका सामानहरु नेपालीहरुले उपयोग गर्नुपर्ने वाध्यताको समाप्तिका लागि भारतीय नम्वर प्लेटका सवारी साधानहरुमा रोक लगाइएको स्पष्ट पार्नुभयो । जसले गर्दा नेपाली जनताले नेपालमा नै उत्पादित बस्तुहरुको उपयोग गर्न सकुन भन्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो । नेपालमा कुखुरापालन, माछा पालन, केरा खेती तथा तरकारी खेतीहरुको प्रसंग जोड्दै नेपालले निर्यात गर्नुपर्ने बेलामा नेपालमा उत्पादित वस्तुहरुलाई निरुत्साहित गरी भारतीय वस्तुहरु उपयोगले नेपाली उद्योगी तथा व्यवसायीहरु धरापमा परेकाले जनताका लागि नै भारतीय नम्वर प्लेटका सवारी साधानहरु माथि रोक लगाइएको वताउनुभयो ।

संघीयता सम्वन्धी प्रश्नमा उहाँले पार्टीको आधिकारिक धारणा १४ प्रदेश रहेको र त्यो नै सवैभन्दा बैज्ञानिक रहेको बताउनुहुदै संविधान सभाको संवैधानिक राज्य पुर्नसंरचना समितिको बहुमतले पारित समेत गरेकोले पनि १४ प्रदेश आधारभूत रुपमा ठिक भएको बताउनुभयो । त्यस्तै गोलसम्मेलनको नारा पुरानो भएन र ? भन्ने सवालमा यो विभिन्न कालखण्डमा भै रहेने प्रक्रिया भएकाले सहमति प्रक्रियामा ल्याउने उपयुक्त माध्यम भएको बताउनभयो ।

अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ, युरोप शाखाका अध्यक्ष महेश थापाको सभापतित्वका सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, यूरोप शाखाका पार्षद ओम शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पत्रकार शालिक गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया