Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौं- कांग्रेस सभापति सुशील कोइरालाले शनिबार आयोजित पार्टी भेलामा ‘क्रान्ति गीत’ गाउन थालेपछि कार्यकर्ता मात्र होइन, सञ्चारकर्मीसमेत आश्चर्यचकित बने । राजनीतिक भाषण गर्लान् भनेको त ‘हामीलाई अहिले पनि उत्साह र जाँगर चाहिएको छ’ भन्दै सभापति कोइराला राणाशासनविरोधी आन्दोलनमा घन्किएको गीत पो गाउन अग्रसर भए । त्यसबेला उक्त गीतले जोस र उत्साह दिने गरेको उल्लेख गर्दै कोइरालाले भाका हाले–
नेपाली अघि बढ हातमा क्रान्ति झन्डा लिई
देश नै धर्म हो, देश नै कर्म हो…….
कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ को भेला उद्घाटन कार्यक्रम थियो, कार्यक्रममा कोइरालाले भाका हालीहाली गीत गाइरहँदा कार्यकर्ता ताली बजाउन तल्लीन देखिन्थे । कोइरालाले शनिबार पनि सहमति, सहकार्य र एकताकै रटान दिन्छन् भन्ठानेका सञ्चारकर्मीलाई समेत उनले ‘सरप्राइज’ नै दिए । कार्यकर्ता त के सञ्चारकर्मीसमेत कोइरालाको यो फरक स्वभावले आश्चर्यमा परेको देखिन्थे । कोही पत्रकारले क्यामेरा कोइरालाको ‘गलाको कला’ कैद गर्न सोझाए । अरूले कोइरालाले गाएको गीत चाख मानी–मानी सुने ।
कोइरालाको जिब्रोमा क्यान्सर भई अमेरिकामा अपरेसन गराएपछि उनको बोलीमा प्रस्टता कम भएको थियो । गीतका शब्द उच्चारणमा भने उनको आवाज प्रस्ट सुनिन्थ्यो ।
भेलाको प्रमुख अतिथि बनाइएका उनले आधा घन्टाजति बोल्ने क्रममा शान्तिपूर्ण आन्दालनको प्रसंग आउँदा भाका हालेरै गीत गाए । राणाशासनले जनताका अधिकार निमोठिरहेको समयमा परिवर्तन पक्षधरले गीत गाउँदा उत्साह मिल्ने गरेको प्रसंग उनले सुनाए । समस्त नेपालीलाई क्रान्तिका लागि अग्रसर हुन ती गीतले प्रोत्साहित गर्ने उनको भनाइ थियो । अहिले पनि राजनीतिक उपलब्धि हासिल गर्न दलहरू अक्षम भइरहेकोतर्फ इंगित गर्दै उनले कार्यकर्तासमक्ष जाँगरका निम्ति यस्तै गीतको सान्दर्भिकता रहेको सुनाए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया