Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

गुन्माकेन- नेपाली नारीहरुको महान चाडको रौनकताले जताततै छोपीरहेको बेला जापानको गुन्माकेन निशी कोईजुमीमा रहेका नेपालीहरुले पनि चेलीबेटीहरुलाई भेला गराई दर खाने कार्यक्रम सम्पन्न गरेका छन् ।

रोजगारीको सिलसिलामा सो क्षेत्रमा बसोबास गर्ने रेशम सापकोटा, बिष्णुप्रकाश श्रीष, रवि केसी, तारा गुरुङ, विशाल सिग्देललगायतका सक्रिय नेपालीहरुको पहलमा गत आइतबार निःशुल्क दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा ७०, ७५ जनाको उपस्थिति रहेको थियो । सो अवसरमा रातो सारी, चुरापोतेमा सजिएका महिला दिदीबहिनीहरुले एक आपसमा तीजको शुभकामना आदान प्रदान गर्नुकासाथै वर्षदिनको दुख पींडालाई भुलेर छमछमी नाचगान गरेर रमाईलो गरेका थिए । उक्त कार्यक्रम गुन्माकेनको ओईजुमीमाचीस्थित निशी कोईजुमी स्थित नेपाली इण्डियन रेष्टुरेण्टमा भेटघाटमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया