Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

टोकियो – प्रवासी नेपालीको लगानीमा राष्ट्रिय ध्वजाबाहक अन्तरराष्ट्रिय उडान शुरु गर्न गइरहेको बिबि एअरवेजले ऋणपत्रमा लगानीका लागि गरेको आह्वानप्रति गैरआवासीय नेपालीहरुको आकर्षण र रुचि निकै बढेको छ । नेपाली राष्ट्रिय ध्वजावाहक विमानसेवाको सेवा र साख गिर्दै गैरहेको अवस्थामा शुरुहुन लागेको बिबि एयरवेजको उडान र लगानीको आव्हानलाई खासगरी विदेशमा बस्ने नेपालीहरुले प्रतिष्ठा र लगानीको सुनौलो अवसरका रुपमा ग्रहण गरेको पाइएको छ ।

२०१२ अगष्ट १ तारिखबाट अक्टोवरको १ तारिख सम्ममा कुल लगानिको ३०% पूँजी प्रवासी नेपाली दाजुभाई दिदी बहिनीहरुमा ऋणपत्र बिक्री गरी संकलन गर्ने योजना रहेता पनि अपेक्षित भन्दा धेरै लगानीकर्ताहरुले ऋणपत्र खरिदमा चासो राख्दै खरिद प्रकृया शुरु गरेका छन् । लगानीकर्ताको चाप बढेमा तोकिएको समय अगावै निर्धारित रकम जम्मा हुने र आह्वान बन्द गर्नुपर्ने सम्भावना रहेको देखिन्छ । बिबि एयरवेजले यो ऋणपत्र बढीमा ३ बर्षपछि ऋणपत्र धनीले चाहेमा शेयरमा परिणत हुने प्रावधान राखेको छ । ऋणपत्र खरिद गर्न चाहनेहरुका लागि वेभसाइटमा (www.bbairways.sc) आवश्यक जानकारी र फारम उपलब्ध गराइएको छ ।

जापानमा बिबि एअरवेजको पहिलो लगानीकर्ता राजन थापा (५ यूनिट), दोश्रो  गिरीराज लामिछाने (१० यूनिट) र तेश्रो श्रीमती भावना गुरुङ्ग (५० यूनिट) हुनु भएको बिबि एयरवेजले जनाएको छ ।

प्रमुख कार्यालय काठमाण्डौमा रहेको बिबि एअरवेजले आफ्नो पहिलो उडान निर्धारित समयतालिका अनुसार २०१२ सेटेम्बर १३ तारिख कम्बोडीयाबाट काठमाडौ हुने जनाएको छ । बिबि एअरवेजको जहाज सेटेम्बर १३ तारिख दिउँसो १२:४५ मा काठमाडौ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

बिबि एयरवेजको नियमित उडान भने आगामी अक्टोबर ११ तारिखबाट मलेसिया र हङ्कङ्मा हुने र जापानको उडान पूर्व निर्धारित मिति अक्टोबर १२ मा नेपालबाट हुने कुरा हालै नेपालमा पत्रकार सम्मेलन गरी बिबि एयरवेजका अध्यक्ष भवन भट्टले जनाउनु भएको छ । ***

तपाईको प्रतिक्रिया