Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

टोकियो – मेरो खास पुख्र्यौली घर रोल्पा हो, दाङमा पनि छ । तर म भारतको नयाँदिल्लीमा जन्मिएकी हुँ । ८, ९ बर्षकी भएपछि नेपाल आएकी हुँ । सानै देखि मलाई गीत, संगीत मन पर्ने गर्दथ्यो । स्कुलेजीवनमा पनि साँगीतिक कार्यक्रमहरुमा भाग लिने गर्थे ।

२०५८ सालमा मैले स्वर परीक्षा पास गरेर ५९ सालदेखि म साँगीतिक क्षेत्रमा लागेकी हुँ ।

दोहोरी, रोयला, तीजका गीत लगायतका मेरा थुप्रै एल्बमहरु बजारमा छन् । जसमा रातो सारी, ढल्क्यो जवानी, क्याम्पस पढ्न आउनी लगायतका गीतहरुले निकै चर्चा पायो, बजार ततायो । यिनै सिर्जनाहरुले मलाई आज राधिका हमाल भनेर चिनाएका छन् । देशबिदेशका साँगीतिक कार्यक्रममा भाग लिने अवसर जुरेका छन् । यसैक्रममा जापानमा बस्ने नेपालीहरुले माया गरेर यसपालीको तीज कार्यक्रमका लागि हामीलाई बोलाउनुभएको छ । यस प्रकारको अवसरका लागि आयोजकहरुलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु । टोकियोमा हुन गईरहेको तीजमहोत्सवका लागि नयाँ नयाँ चल्तीका तीजबिशेष साँगीतिक कोसेली बोकेर हामी आउँदै छौं । जापानमा बस्ने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सबैजना कार्यक्रम हेर्न आईदिनुहोला ।

साँगीतिक यात्राका क्रममा जापान मेरो सातौ मुलुक हो । कार्यक्रमका लागि जापान जाने अवसर जुरेकोमा अत्यन्तै खुशी छु र कौतुहुल पनि ।

जापानमा आएर नेपाली गीतसंगीतलाई माया गर्ने धेरै नेपालीहरुसंग प्रत्यक्ष चिनाजानी र भेटघाट गर्न लालायित भएकी छु ।

नेपाल टेलिभिजन प्लसमा संगीत संसार नामको कार्यक्रम पनि चलाउँदै आएकी छु । यसका साथै बिभिन्न कार्यक्रमहरुमा सरिक हुनुपर्ने भएकोले सँधै ब्यस्त नै हुनुपर्दछ । तीज सकाएपछि ‘देउसी’ र ‘अल्लारे कान्छाको हेराई ज्यानमारा’ नामको दुइवटा एलबम बजारमा ल्याउदै छु ।

राजधानी झरेको त्यस्तै ८, ९ बर्ष भयो । श्रीमान र एउटी छोरीसहित काठमाडौंमा बस्दै आएकी छु । मेरो परिवार पनि साँगीतिक माहौलको छ । परिवारको राम्रो सहयोग र समर्थनले गर्दा नै मैले आजको अवस्थामा आउन सकेकी हुँ । जिन्दगीमा अझ धेरै गर्न बाँकी छ । साँगीतिक फाँटको अनन्त यात्रामा सकेजति गर्दै जाने बिचार छ ।

नारी कुञ्ज जापान र अन्तरराष्ट्रिय नेपाली समाज जापानको संयुक्त आयोजनामा सेप्टेम्बर १६ र १७ का दिन टोकियोमा हुने तीज महोत्सवमा राधिका हमालको स्पेशल निम्तो छ, स्वीकारीदिनुहोला ।

 

तपाईको प्रतिक्रिया