आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
असारमा दुई टुक्रा भएको एकीकृत नेकपा माओवादीले पुर्ख्यौली सम्पत्ति बाँड्ने भएको छ । एमाओवादी र नेकपा–माओवादीले एक दुई दिनभित्रै पेरिसडाँडासहित देशभरका चल अचल सम्पत्ति बाँड्ने टुंगो लगाएको छ ।
माओवादी विभाजन भएपछि सम्पत्ति विवाद चुलिँदै गएको थियो । चितवनलगायतका केही जिल्लामा जिल्ला पार्टी कार्यालयका विषयलाई कुटाकुट पनि भयो । विवाद बढेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कार्यदल बनाएर यस विषयलाई टुंगो लगाएका हुन् ।
वैद्य माओवादीले द्वन्द्वकालका केन्द्रीय सदस्यका आधारमा आफूले ६० प्रतिशत हिस्सा खोज्दै आएको थियो । तर अन्त्यमा हालको कमिटीकै आधारमा हिस्सा बाँडफाँड गर्ने सहमति भएको छ ।
यसै विषयमा नेकपा–माओवादीका सचिव देव गुरुङलाई समुद्रपारिको तीन प्रश्न–
प्रश्न नम्बर १, सम्पत्ति बाँड्ने नै अवस्थामा पुग्नुभएको हो ?
हो, पार्टी अलग भएपछि पार्टीका नाममा रहेका चल अचल सम्पत्ति बाँड्ने निर्णयमा पुगेका छौँ ।
प्रश्न नम्बर २, कहिलेसम्म बाँड्नुहुन्छ ?
दुवै पार्टीको कार्यदलले सवै टुंगो लगाएपछि एक दुई दिनमै औपचारिकरुपमा सम्पत्ति बाँडिनेछ ।
प्रश्न नम्बर ३, मापदण्ड ?
केन्द्रमा केन्द्रीय समितिमा हाम्रो पार्टीमा ३० प्रतिशत छौँ, हामीले स्वभावतः ३० प्रतिशत पाउँछौँ । जिल्ला, नगर, गाउँ र प्रवाशको हकमा पनि त्यस्तै हुन्छ । स्थानीय कमिटीको प्रतिशतका आधारमा सम्पत्ति बाँडफाँड हुन्छ ।

तपाईको प्रतिक्रिया