टोयोटा – नेपाली नारीहरुको उमंगको चाड तीज नजिकिदैं गर्दा टोयोटा क्षेत्रका नेपाली महिलाहरुले शनिबार तीजको दरखाने कार्यक्रम सम्पन्न गरेका छन् ।
मालती नामको स्थानिय रेष्टुरेन्टद्वारा तीजको दरको ब्यवस्था गरिएको सो कार्यक्रममा यहाँका महिला दिदिबहिनीहरुले बिहानैदेखि नाचगान गरी रमाईलो गरे ।
राधा थापालगायतका स्थानिय सक्रिय महिलाहरुको पहलमा भएको सो दरखाने कार्यक्रममा करिव ७० जनाभन्दा बढि नेपाली महिलाहरुको जमघट रहेको थियो ।
टोयोटास्थित सान्ग्यो बुन्का सेन्टरमा आयोजित दरखाने कार्यक्रम सो क्षेत्रमा औपचारिकरुपमा पहिलोचोटी भएको राधा थापाले बताईन् ।
आफ्ना चार्डपर्व र अपनत्व झल्काउने यसप्रकारका कार्यक्रमले नेपाली नारीबिचको एकतालाई बलियो बनाउन मदत गर्ने दरखाने कार्यक्रमका एक सहभागी महिलाले बताईन् ।
राता सारी र रातै ब्लाउज अनि हातमा टम्म चुरा र पोतेमा सजिएका महिलाहरुको ताँतीले टोयोटा बुन्का सेन्टर नेपालमय बनेको स्थानिय समाजसेवी श्याम रानाले बताए ।