Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025
काठमाडौ- वनमन्त्री यदुवंश झाले मन्त्रिपरिषद्लाई जानकारी नै नदिई आफूखुसी तीन पटक भारत भ्रमण गरेका छन् । परराष्ट्र मन्त्रालयमार्फत दूतावास जानुपर्ने भए पनि उनले सीधै आफ्नो लेटरप्याडमा दूतावासलाई पत्र लेखेर पटक-पटक भारतका विभिन्न स्थान भ्रमणमा निस्किएका थिए ।
पछिल्लो पटक उनले १० देखि १४ भदौसम्म भारत भ्रमण गरेका हुन् । उपचारका लागि भन्दै गत आइतबार बेलुकी निजी सहयोगी नाति सञ्जीव झालाई लिएर उनी नयाँदिल्ली प्रस्थान गरेका थिए । मन्त्री झाले भने पररारष्ट्र मन्त्रालयमार्फत नै पत्र पठाएर आफू दिल्ली गएको दाबी गरे । मन्त्रिपरिषद्लाई जानकारी नगराए पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई मौखिक जानकारी गराएको दाबी उनले गरे । ‘मौखिक जानकारी गराएकै थिएँ,’ उनले कान्तिपुरसित भने, ‘प्रधानमन्त्रीज्यूलाई म बिरामी छु भन्ने थाहा थियो ।’
भारतमा उनले भाजपाका वरिष्ठ नेता भगतसिंह कोसियारी, नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन, राष्ट्रवादी कंग्रेसपार्टीका डीबी त्रिपाठीलगायतलाई भेेटेका थिए । मन्त्री झाले काठमाडौंस्थित भारतीय दूतावासलाई पत्र लेखी भारतीय नेताहरूलाई भेट्ने व्यवस्था मिलाइदिन ८ भदौमा दूतावासलाई आग्रह गरेका थिए ।
‘आफ्नो लेटरप्याडमा सीधै दूतावासलाई पत्र लेखी भारतीय नेताहरूलाई भेट्न चाहेको बताउनुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो ।
उनको पार्टी माले समाजवादीका अध्यक्ष जगतबहादुर बोगटीले स्पष्टीकरणका लागि बोलाए पनि जवाफ दिन जानुको साटो झाले स्वकीय सचिव देवेन्द्रबहादुर कुँवरमार्फत दिल्ली जान लागेको खबर पठाएका थिए ।
दिल्लीमा चार दिन बसेर उनी, पटनाबाट सीतामढी नाका हुँदै बिहीबार बिहान गृहनगर जनकपुर आएका थिए । दिल्लीबाट शनिबार काठमाडौं फर्किने योजना रद्द गर्दै उनी बिहीबार पटनाबाट भारतीय नम्बर प्लेटको गाडीमा जनकपुर आएका थिए । शनिबार अपराह्न यती एअरलाइन्सबाट उनी काठमाडौं आएका छन् । मन्त्री झाले भ्रमण विशुद्ध निजी र उपचारका लागि भएको दाबी गरे । ‘उपचारका लागि गएको थिएँ,’ उनले भने, ‘दिल्लीको गंगाराम अस्पतालमा टाउकोदेखि पैतालासम्म बडीको जाँच गराएँ, १२ हजार खर्च लाग्यो ।’
त्यसअघि साउन १८ देखि २० गतेसम्म पनि मन्त्री झाले मन्त्रिपरिषद्लाई जानकारी नै नदिई भारतको पटना भ्रमण गरेका थिए । ‘त्यतिबेला निजी भेटघाटमा गएको थिएँ,’ झाले भने, ‘भीआईपी मान्छेहरूसँग भेट भएको थियो ।’ मन्त्रिपरिषद्लाई जानकारी नदिई विदेश भ्रमण गर्न नपाइने व्यवस्था छ ।
त्यसअघि पनि असार तेस्रो साता नवलपरासी, रूपन्देही र कपिलवस्तुको वनको अनुगमनमा निस्किएका बखत कृष्णनगर नाका हुँदै सीधै भारतको अयोध्या भ्रमण गरेका थिए । ‘साथीहरूले घुम्न जाउँ भनेपछि अयोध्या गएको थिएँ,’ मन्त्री झाले भने, ‘त्यतिबेला धार्मिकबाहेक अरू प्रयोजन थिएन ।’
यसैबीच मन्त्री झालाई पार्टीले फेरि स्पष्टीकरण सोधेको छ । तर उनले बिरामी छु भनेर टार्ने गरेको एक नेताले बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया