काठमाडौं– टोकियो उच्च न्यायालयले जापानी यौनकर्मी हत्या आरोपित गोविन्दप्रसाद मैनालीको मुद्दामा अक्बटुर २९ मा पुनः सुनुवाई गर्ने भएको छ ।
मैनालीका वकिलले जापानी न्यूज एजेन्सी क्योदोलाई जानकारी दिएअनुसार मैनालीविरुद्ध टोकियो इलेक्ट्रिक पावर कम्पनीमा कार्यरत महिला हत्याको दाबीविरुद्ध सुनुवाइ हुन लागेको हो ।
साउन १६ गते जापानको उच्च न्यायलयले मुद्धा पुनरावलकोन नगर्न पेश गरेको रिटलाई खारेज गरेपछि न्यायको थप मार्ग प्रसस्त भएको हो । हत्या अभियोगमा अनाहकको १५ बर्षे जेल सजाय बेहोर्दै घर फिरिसकेका इलामका गोविन्दप्रसाद मैनालीको मुद्धामा पुनरावलोकन हुने भएको हो ।
रिट खारेजीपछि सरकारी वकिल सर्वोच्च अदालतमा पुनं जान सक्ने भए पनि बिभिन्न तहमा खारेजीको चरण बेहोरेको मुद्धा अघि बढ्न नसक्ने सम्भावना प्रबल रहेको छ ।
यसपछिको चरणमा भने गोबिन्दले न्यायायबाट छिट्टै अन्तिम फैसला पाउने र क्षतिपूर्ति प्रकृया अघि बढ्ने जानकारहरुले बताएका छन् । ‘गोबिन्दलाई न्याय दिलाउन गठित अभियान’ को निरन्तर पहलका कारण गत जुन ७ मा टोकियोको उच्च अदालतले गोबिन्दको मुद्धामा पुर्नबिचार गर्ने र उनलाई तत्काल जेलमुक्त गरिने निर्णय सुनाएको थियो ।***