Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सिड्नी –  गैर आवासीय नेपाली अन्तरराष्ट्रिय समन्वय परिषदको प्रशान्त क्षेत्रीय सातौं सम्मेलन आजदेखि अष्ट्रेलियाको सिड्नीमा शुरु भएको छ ।

तीन दिनसम्म चल्ने  ‘द  मेन्जियस होटल सिड्नी’ मा शुरु भएको सम्मेलनको आज एक समारोहकाबिच  नेपाल सरकारका शिक्षामन्त्री दीनानाथ शर्माले  उदघाटन गरे ।

प्रत्येक दुई बर्षमा भिन्न भिन्न देशहरुमा हुने क्षेत्रीय सम्मेलनबाट एनआरएनले बिभिन्न नयाँ योजनाहरुको बारेमा छलफल, सञ्चालनमा रहेका योजनाहरुको पुनर्मुल्यांकन गरिनुका साथै एनआरएनको बिभिन्न गतिविधीहरुको समिक्षा गर्ने गर्दै आईरहेको छ । सिड्नी क्षेत्रीय सम्मेलनमा एनआरएनले अघि ल्याएको सामुहिक लगानीको बिषयले प्रमुखता पाउने बुझिएको छ । त्यसबाहेक खुल्ला बिश्वबिद्यालय, दोहोरो नागरिकता र बिज्ञान तथा प्रविधि क्षेत्रमा एनआरएनले गर्न सक्ने कार्यहरुका बारेमा बिस्तृत छलफल गरिने भएको छ ।
बिश्वका बिभिन्न मुलुकका ५०० भन्दा बढि एनआरएन प्रतिनिधीहरुले भाग लिएको सम्मेलनमा नेपाल तथा अष्ट्रेलियाका उच्च तहका सरकारी अधिकारीहरुको पनि सहभागिता रहेको छ । अष्ट्रेलियाका अध्यागमन तथा नागरिकता मन्त्री क्रिश ब्राउन, सांसद प्रतिनिधी डा. जेफ ली लगायतका उच्च अधिकारीहरुको सम्मेलनमा सहभागिता रहेको छ भने नेपाल सरकारका शिक्षा मन्त्री दीनानाथ शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा, उद्योगमन्त्री अनिल झा, उद्योग तथा बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतका टोलीको पनि सम्मेलनमा सहभागिता रहेको छ ।

प्रमुख अतिथि एवं नेपालका शिक्षामन्त्री दीनानाथ शर्माले नेपालका दुर्गम ठाउंमा इन्जिनियरिङ कलेज, मेडिकल कलेज, पोलिटेक्निक कलेजमा लगानी गर्न आह्वान गर्नुभयो । नेपालीहरु बिदेश आएर पैसामात्र कमाएका छैनन धेरै सीप र सभ्यता सिकेका छन भन्दै मन्त्री शर्माले बिदेशबाट फर्केर गाइपालन, कृषि फार्म संचालन र अष्ट्रिच पालन जस्ता काम भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रबैंकका गर्भनर युवराज खतिवडाले एनआरएनले नेपालीकारुपमा पनि र प्रत्क्षय वैदेशिक लगानीका रुपमा पनि नेपालमा लगानी गर्न सक्ने बताउनुभयो । पछिल्लो दिनका तारे होटलमा कोठा नपाउने अबस्था आइसकेको बताउँदै गर्भनरले लगानी प्रर्बद्धनका सवै साङलाहारु तोड्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।
सम्मेलनलाई उद्योगमन्त्री अनिलकुमार झा, पूर्वमन्त्री एवं नेकपा एमालेका नेता भीम रावल, अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र नेपाल, एनआरएनका संस्थापक डा. उपेन्द्र महतो, एनआरएन अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कार लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।
सम्मेलनका आगन्तुकहरुलाई सम्मेलन आयोजक समितिका संयोजक मन केसीले स्वागत गर्नुभएको थियो भने एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीले सहभागी र सहयोगीलाई धन्यबाद दिनुभएको थियो ।

सम्मेलनमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, सुरेश वैध र गोवा कटुवालले सामूहिक लगानी बारेमा कार्यपत्र प्रस्तुत गर्ने बताईएको छ । यस्तै नविनतम सोचको रुपमा एनआर एनले अघि सारेका खुल्ला विश्वविद्यालयको प्रगतिको विषयमा सदस्य सचिव प्रमोद ढकाल र पछिल्लो अवस्था बारे डा. अम्बिका अधिकारी, द्रोण रसाईली र डा. राजु अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने बताईएको छ । वैदेशिक रोजगार, एनआरएनको विधान, ज्ञान र सिपको हस्तान्तरण, दोहोरो नागरिकता, महिला तथा यूवाका मुद्दाहरु र परोपकारी तथा कल्याणकारी कार्यक्रमका विषयमा सम्मेलनको विभिन्न सत्रमा छलफल हुने डा. राजु अधिकारीले जानकारी दिए । अस्ट्रेलिया, बेलायत, अमेरिका र यूरोपका विभिन्न देशहरुमा अध्ययन गरिरहेका नेपाली यूवा विद्यार्थीहरुका विविध समस्याहरुको पहिचान गरि समाधानका उपाय खोजी गर्ने सन्दर्भमा पनि यो सम्मेलन महत्वपूर्ण हुने बताईएको छ । साथै मध्यपूर्वका सोह्र देशमा विश्वका आधाभन्दा बढी एनआरएन रहेको अनुमान छ ।
रोजगारिको खोजीमा विदेशिने नेपालीहरुका लागि सुरक्षित आप्रवासका विषयलाई सम्मेलनले प्राथमिकताका साथ उठाउनेछ ।

सम्मेलनको सुरुमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भिडियो सन्देश देखाइएको थियो । प्रधानमन्त्रीले लगानी बोर्ड गठन गरिएको, त्यसमा एनआरएन प्रतिनिधि राखिएको जानकारी गराउँदै दोहोरो अंकको बृद्धिदरको लक्ष्य हाँसिल गर्न एनआरएनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

एनआरएनको बिभिन्न ६२ देशमा ६ वटा क्षेत्रिय समितिहरु रहेका छन् । सम्मेलनमा सबै क्षेत्रका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिने छ । सन् २००५ मा दोहा, २००६ मा वोन जर्मनी, २००८ मा वैंकक, २००९ मा अमेरिका, २०१० मा दुबई र २०११ मा मस्कोमा गरि ६ वटा क्षेत्रिय सम्मेलन भैसकेका छन् ।

सम्मेलन सकिएको भोलिपल्ट अस्ट्रेलियामा नेपालीहरुको सबैभन्दा ठूलो महोत्सव ‘नेपाल फेस्टिभल’ हुदैछ । यी दुई कार्यक्रमका लागि करिब तीन लाख डलर खर्च हुने अनुमान आयोजकको छ ।  सार्क बाहेकका देशमा १ सय ८३ दिनभन्दा बढी बसोवास गर्ने नेपालीहरु एनआरएन मानिन्छन ।  ***

तपाईको प्रतिक्रिया