टोकियो– शेर्पा संघ जापानले जापानमा रहेका शेर्पाहरुको एकताका लागि ‘शेर्पा बीबीक्यू’ कार्यक्रम आयोजना गरेको छ । आगामी सेप्टेम्बर १६ मा टोकियोको सिनकिबा कोयनमा कार्यक्रम आयोजना गरिएको शेर्पा संघ जापानका पासाङ शेर्पाले जानकारी दिए ।
नेपालका विभिन्न जिल्ला तथा क्षेत्रहरुका रोजगारी, व्यवसाय, अध्ययन, अनुसन्धान, वैवाहिक सम्बन्ध तथा विविध कामका लागि जापानका विभिन्न क्षेत्र र प्रान्तमा छरिएका शेर्पा समूदायलाई कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेको छ ।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा रमाइलो खेल, लोक दोहोरी, खानाका परिकारलगायतका विविध कार्यक्रम हुने जनाइएको छ ।
कार्यक्रमबारे बुझ्न सम्पर्क गर्नुहोस्
ल्हाक्पा गेलु शेर्पा 090-6040-5696
ङावाङ शेरे शेर्पा 080-5175-0188
आङ कांछी शेर्पा 080-6768-7930
छोङ्बा शेर्पा 090-8347-5154
ङावाङ सोनाम शेर्पा 080-3458-7494
आङ कामी शेर्पा 080-4337-1296
आङ नुरी शेर्पा 080—3091-0020
पासाङ शेर्पा 090-9203-2606
सहभागी खर्च
सहयोग स्वरुप प्रबेश शुल्क प्रतिब्यक्ति मात्र २०००येन
परिवारसहित मात्र ३५०० येन
कार्यक्रम स्थल
समय:- बिहान ११ बजे देखि सांझ ५ बजे सम्म
कार्यक्रम स्थाल- सिनकिबा कोयन
रेलमार्ग: जेआर केईयो लाईन, सब-वे युराक्च्यो लाईन र रिन्काई लाईन
सिनकिबा स्टेशनबाट करिब ५ मिनेट पैदल