Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
लन्डन– इक्वेडोरका दक्षिण अमेरिकी छिमेकीहरूले क्विटोले जुलियान असान्जलाई शरण दिने भनी गरेको निर्णयलाई समर्थन गरेका छन् र यसले बेलायतमाथि नयाँ दबाब परेको बताइएको छ ।
यसो भए पनि असान्जको इक्वेडोरको दूतावासमा शरण बन्दीको अवस्थाभन्दा फरक नभएको बताइएको छ । विकिलिक्सका संस्थापकले आइतबार इक्वेडोरको दूतावासको झ्यालमा देखापरी अमेरिकालाई आफ्नो वेबसाइटको विरुद्ध अनावश्यक पीडा नदिन आग्रह गरे र इक्वेडोरको प्रशंसा गरे ।
इक्वोडोरको सबैभन्दा ठूलो नगर गुयाकिलमा भेला भएका दक्षिण अमेरिकी मुलुकहरूको सङ्घका विदेशमन्त्रीहरूले पूर्व कम्प्युटर ह्याकरलाई शरण दिने निर्णयप्रति एकता व्यक्त गरे । असान्जको विकिलिक्सका कारण अमेरिका क्रुद्ध भएको छ ।
विदेशमन्त्रीहरूले इक्वेडोरको कुटनीतिक कार्यालयमा प्रवेश गर्न सकिने भनी बेलायती सरकारले दिएको चेतावनीप्रति पनि इक्वेडोरलाई समर्थन गरे ।
विदेशमन्त्रीहरूले बैठकको अत्यमा जारी गरेको एक संयुक्त विज्ञप्तिमा इक्वेडोर तथा बेलायतलाई एकअर्कालाई स्वीकार्य हुने समाधान खोज्न आग्रह गरिएको छ ।
आफूलाई स्विडेनलाई हस्तान्तरण हुन नदिन असान्ज दुई महिना अगाडि उक्त दूतावासमा प्रवेश गरेका हुन् । स्विडेनमा विकिलिक्सका दुई महिला स्वयंसेवीमाथि बलात्कार गरेको आरोपमा असान्जलाई सोधपुछ हुने अवस्था सिर्जना भएको छ ।
बेलायतले असान्ज दूतावासबाट बाहिर आएमा निजलाई पक्राउ गरिने बताएको छ भने आइतबार गरेको सम्बोधनमा असान्जले उक्त कारवाहीका बारेमा केही पनि उल्लेख गरेनन् ।
एकचालीस वर्षीय अस्ट्रेलियाली नागरिक असान्ज तथा उनका समर्थकले उनीमाथि लगाइएको आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गरेका छन् । उनीहरूले स्विडेनले उनलाई अमेरिकालाई हस्तान्तरण गरिदिने दाबी गरेका छन् ।
असान्जले अमेरिकी सैनिक ब्राड्ली म्यानिङलाई रिहा गर्न पनि अमेरिकालाई आग्रह गरे । म्यानिङले नै विकिलिक्सलाई अमेरिकी दस्तावेजहरू उपलब्ध गराएको आरोप लगाइएको छ ।
असान्जको सम्बोधन सुन्नका लागि उनका करिब २०० समर्थक लन्डनस्थित दूतावासअगाडि भेला भएका थिए ।
बेलायतले हालसम्म दूतावासमा प्रवेश गर्ने चेतावनी नदिएको तर इक्वेडोरको सरकारलाई आफ्नो मुलुकको कानुनको विषयमा जानकारी गराएको दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया