Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
टोकियो- चीन तथा दक्षिण कोरियाले जापानलाई उसको युद्धकालीन विगतलाई स्वीकार गर्न दबाब दिएका छन् भने टोकियोले दोस्रो विश्वयुद्धमा गरेको आत्मसमर्पणका अवसर पारी उनीहरूले क्षेत्रीय विवाद आरम्भ गराएका छन् ।
दुबै मुलुकले जापानलाई इ.सं.को २० औा शताब्दीमा क्रूर विस्तारवादका विषयमा बढी काम गर्न आग्रह गरेका छन् । यसबीच टोकियोमा मन्त्रीहरूले विवादास्पद स्मारकको भ्रमण गरेका छन् ।
बेइजिङले जापानले इतिहासमा फर्केर हेर्नसक्ने वा नसक्ने र त्यसका पाठ पढ्न सक्ने वा नसक्ने भन्ने विषय प्रमुख भएको धारणा राखेको छ ।
दक्षिण कोरियामा राष्ट्रपति ली म्युङ वाकले गत साता विवादास्पद द्वीपको भ्रमण गर्नुभएको थियो । उहाँले जापानले आफ्नो मुलुकमा उपनिवेश विस्तार गर्दा यौनदासी बनाएका महिलाका विषयमा आफ्नो धारणा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
यसबीच जापानी प्रहरीले चीन समर्थक कार्यकर्ताहरूलाई बेइजिङ तथा टोकियोले आफ्नो भनी दाबी गरेको द्वीपमा पक्राउ गरेको छ । यी कार्यकर्ताहरू हङकङ तथा मकाउबाट त्यहाँ पुगेका हुन् ।
तपाईको प्रतिक्रिया