Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई  – १८औ विश्व आदिवासी दिवसको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासंघ युएईले आगामी २४ अगष्ट २०१२ को दिन युएईमा रहेका सम्पूर्ण कला तथा संस्कृति प्रेमीहरुको निम्ति प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगष्ट ९ तारिखको दिन संसारभरका आदिवासीहरुले मनाउने भएता पनि युएइमा भने यस वर्ष इस्लामिक महान पर्व ईद समाप्त पश्चात यो कार्यक्रम आयोजना इम्पेरिअल सुइट्स होटेल बरदुबईमा गरिने भएको हो ।

युएइमा रहेका गित संगीत, नृत्य कला र हास्यव्यंग्य क्षेत्रमा महशुर मानिएका हस्तीहरुको भिडन्त हुने अनुमान गरिएको छ । उक्त कार्यक्रममा जम्मा छनौट गरिएका १० उत्कृष्ट प्रस्तुतिहरु रहने छन् जस मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरि ४ प्रस्तुतिलाई पुरस्कृत गरिने छ । विजयीहरुको छनौट २५% निर्णायकबाट भने ७५% उपस्थित दर्शक तथा श्रोताहरुको भोटको आधारमा गरिने छ साथै छनौट सम्पूर्ण सहभागी प्रस्तुतिहरु मध्ये लोकप्रियताको आधार एकमुष्ट रुपमा गरिने छ ।

यसको अतिरिक्त कार्यक्रममा विश्व आदिवासी दिवसको प्रसङ्ग, आदिवासी जनजातिहरुको हक अधिकारको सवाल, नेपालको वर्तमान परिस्थिति र जनजातिहरुको भूमिका आदि विषयमा युएइमा रहेका जनजाति अगुवाहरुद्वारा मन्तब्य व्यक्त गर्ने कार्यक्रम रहेको छ । संयोजक डि. आर गुरुङले जानकारी गराउनु भएअनुसार कार्यक्रम इम्पेरिअल सुइट्स होटेल बरदुब को पार्टी हलमा दिनको ठिक २ बजे देखि शुरु हुनेछ ।

युएईका गायन, नृत्य र हास्य व्यंग्य कलाका महसुर हस्तीहरुको भिडन्त हेरेर रमाइलो गर्न साथमा तपाइहरुले चाहनुभएको प्रिय कलाकारलाई आफ्नो अमुल्य भोट दिएर बिजयी बनाउन र जनजातिहरुको सवालमा नयां नया जानकारी लिन कार्यक्रममा उपस्थित भई १८औ विश्व आदिवासी दिवसलाई भव्यरुपमा सफल बनाइदिन हुन युएइमा रहेका सम्पूर्ण नेपाली दाजुभई दिदीबहिनिहरुलाई नेपाल आदिवासी जनजाति महासंघ युएईले हार्दिक आव्हान गरेको छ । ***

 

 

तपाईको प्रतिक्रिया