Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई – वैदेशिक रोजगारीको सिलसिलामा युएइस्थित कार्यरत सुर्खेतवासीहरुको पहलमा विगत केही महिना पहिला मात्र स्थापना गरिएको सुर्खेत समाज युएइले सुर्खेतको गर्पन गाविस वार्ड नं. ५ मा बसोबास गर्ने हरिलाल छन्तेल र सन्तबहादुर छन्तेलको गत १५ जुनका दिन घर आगलागीबाट नष्ट भई घर विहिन हुन पुगेका पीडित दुइ परिवारका लागि राहत स्वरुप आर्थिक संकलन गरी नेरु. ९० हजार ३५० रुपैयां सहयोग गरेको छ ।

सो रकम गत २७ जुलाई शुक्रबारका दिन सुर्खेत समाज युएइका सहसचिव ढालबहादुर छन्तेलले नेपाल घर बिदामा गएको अवसरमा पीडित परिवारलाई हस्तान्तरण गरेको हो । पीडित हरिलाल छन्तेल र सन्तबहादुर छन्तेल विगत केही बर्षेखि युएइमा कार्यरत छन् भने सुर्खेत समाज युएइका सदस्य पनि हुन । समाज स्थापना भए लगत्तै धेरै कार्यहरु भएको र आगामी दिनहरुमा अझै सशंक्त ढंगले सामाजिक कार्यहरुलाई अगाडि बढाउने कुराको जानकारी सुर्खेत समाज युएइका अध्यक्ष हस्तराज दर्लामी मगरले दिए ।

यसअघि पनि युएइको उमलक्युनमा कार्यरत भिमबहादुर छन्तेलको असामयिक निधन भएकोले उनको परिवारको आर्थिक स्थिति धेरै नाजुक र कष्टकर अवस्थामा रहेकाले मृतकाका परिवारलाई राहतका लागि सबै सुर्खेतीवासीहरुले मिलेर ने.रु.२ लाख ५३ हजार आर्थिक संकलन गरी सहयोग गरेका थिए । यस्ता खाले कार्यले केवल सहयोग मात्र नभएर एक आपसमा भाईचारा र सत्भावको बिकासमा पनि बृद्धि हुने गर्दछ ।

समाजका अध्यक्ष दर्लामी मगरले यस आगलागी पीडित परिवारको आर्थिक संकलनमा सहयोग पुर्‍याउने व्यक्तिहरु क्रमशः नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधानसम्पादक लालबहादुर ढेंगा, सुर्खेत समाज युएइ परिवार, सुर्खेत समाज युएइको क्षेत्रीय समिति उमलक्युन, नवाङ शेर्पा (अल फलाजर् इक्सचेन्ज शारजाह) र सोमै भाई समूह कपिलवस्तु युएइलाई बिशेष धन्यबाद समेत दिनुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया