Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दक्षिण कोरिया – इपिएस मार्फत १ वर्षअघि दक्षिण कोरिया आएका नविनकुमार गुरुङले बुधबार १५ तलाको अपार्टबाट हामफालेर आत्महत्या गरेका छन । मंगलबार मात्र प्युठानका ओमप्रसाद शेरचनले झुण्डिएर आत्महत्या गरेको खबर सेलाउन नपाउदै एक वर्ष अगाडि कोरिया आएका पोखरा निवासी २५ वर्षिया गुरुङले बुधवार बिहान थेगुस्थित ट्रेन स्टेशन नजिकको अपार्टबाट हामफालेर आत्महत्या गरेका हुन । १५ जना कार्यरत सो कम्पनीमा उनी घर जाने भनी कम्पनीबाट हिडेको र आत्महत्या गरेपछि जानकारी पाएको दोङजीन चिमजाङ अर्थात सिरक बनाउने कम्पनीमा संगै कार्यरत नेपाली सुवास डागीले जानकारी दिएका छन ।

थेगु प्रहरीले बुधवार वेलुकानै नेपाली दूतावासमा कागजात घटनाको रिपार्ट नेपाली दूतावासमा पठाएको छ । थेगु पुलिसले पठाएको रिपोर्टमा घटनामा प्रत्यक्ष पुगेको प्रहरीले बचाउन सेफ्टी नेट विछयाउदा विछयाउदै १५ तला बिल्डीङबाट हामफालेको बताईएको छ । मृतकको शव थेगुकै फतिमा हस्पिटलमा राखिएको छ । पुलिस रिपोर्टको आधारमा परिवारलाई तथा नेपालको पराराष्ट्र, श्रम लगायत मन्त्रालयमा जानकारी पठाउने प्रक्रिया शुरु गरेको नेपाली दूतावास दक्षिण कोरियाले जनाएको छ ।

घर जान भनि हिडेका गुरुङ प्लेनको एकतर्फी टिकट भयो भन्दै एयरपोर्टबाट फर्किएका थिए । थाई एयरको २३ तारिख सोमबारको टिकट लिएर घर जाने तरखरमा रहेका गुरुङलाई २४ तारिख एयरपोर्टमा लिन आउन परिवारलाई पनि जानकारी गराइएको थियो ।

तर अकस्मात उनी एयरपोर्टबाट फर्किएर आएको भोलिपल्ट दोङ थेगुको अपार्टमा रहेको एसीको पाईपमा चढ्दै गर्दा चोर होला भन्दै स्थानीयले पुलिसलाई खबर गरेको र पुलिस आएर झर्नुभन्दा १० तलाबाट १५ तलासम्म पुगेका थिए । एयरपोर्टबाट अकस्मात फर्किएका गुरुङ आत्महत्याको प्रयास गर्न १५ तलामा पुग्दा पुलिसले उद्धार प्रयास गर्दागर्दै हाम फालेर मृत्यु भएको थेगु प्रहरीलाई उदृत गर्दै एनआरएन कोरियाका अध्यक्ष केपी सिटौलाले जानकारी दिएका छन ।

यस अघि मंगलबार मात्र इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आएका प्युठानका ओमप्रसाद शेरचनले झुण्डिएर आत्महत्या गरेका थिए । दक्षिण कोरियाको छनानमा कार्यरत २३ वर्षिय शेरचनले आफु बसेको तेश्रो तलामा मंगलबार झुण्डिएर आत्महत्या गरेको नेपाली दूतावास दक्षिण कोरियाले जनाएको छ । उनको पुलिस रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको आएकोले नेपाल परराष्ट्र लगायत सम्बन्धित निकायमा जानकारी पठाई सकिएको छ । हालसम्म उनका आफन्तहरु सम्पर्कमा आइनसकेको र आफन्तको दावीको आधारमा बांकी प्रक्रिया चालिने दूतावासले जनाएको छ ।***

 

तपाईको प्रतिक्रिया