Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025
काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याको अनुसन्धान गर्न प्रहरीले करिब पाँच लाख एसएमएस अध्ययन गरेको छ । सर्वसाधारणदेखि पेसेवर अपराधी र माओवादी, कांग्रेस, एमालेका शीर्षस्थ नेताका मोबाइलका ‘कल डिटेल’ तथा ‘एसएमएस’ प्रहरीले अनुसन्धान गरेको छ ।
राजनीतिक उद्देश्यले बमको हत्या भएको अनुमानका आधारमा दलका नेता त्यसमा पनि शीर्षस्थ नेताका ‘कल डिटेल’ र एसएमएस अध्ययन भएको प्रहरी स्रोतले जनाएको छ । तर, पाँच लाख एसएमएस र एक लाख ‘कल डिटेल’ हेर्दा पनि सुराक केही लागेको छैन ।
प्रहरीले सम्बन्धित टेलिकम कम्पनीहरूको सहयोगमा विभिन्न व्यक्तिहरूबीच आदान-प्रदान भएका एसएमएस अध्ययन गरेको हो । नेपाल टेलिकम, एनसेल र युटिएलबाट मगाएर प्रहरीले विभिन्न व्यक्तिहरूबीच भएका एसएमएसको अध्ययन/अनुसन्धान गरेको हो ।
न्याय क्षेत्रका अधिकारी तथा बमका आफन्त र साथीभाइहरूसमेतको एसएमएस झिकाएर प्रहरीले अनुसन्धान गरेको थियो । ती एसएमएसबाट विभिन्न व्यक्तिका व्यक्तिगत रोचक कुराहरू पत्ता लगाए पनि न्यायाधीश बमको हत्यासँग ती एसएमएसको कुनै सम्बन्ध नदेखिएको प्रहरी स्रोत बताउँछ ।
यही निहुँमा प्रहरीले माओवादी, कांग्रेस र एमालेका ठूला नेताहरूबीचको एसएमएससमेत हेरेको छ । प्रारम्भिक अनुसन्धानमा न्यायाधीश बमको हत्या राजनीतिक उद्देश्यबाट प्रेरित देखिएको भन्दै प्रहरीले धेरै नेताको एसएमएस हेरेको हो । कतिपय शंकास्पद नम्बर फेला पारे पनि प्रहरीले फोन र एसएमएसबाट घटनाको अनुसन्धानका लागि कुनै बलियो प्रमाण भने फेला पारेको छैन ।
गत १८ जेठमा ललितपुरको बागमती करिडोरमा मोटरसाइकलमा सवार दुई युवाले गोली हानी न्यायाधीश बमको हत्या गरेका थिए । सर्वाेच्च अदालत जाने क्रममा बम, उनका पिएसओ महेश गिरी र साथी राम गिरीमाथि गोली हानिएको थियो । शरीरको नौ ठाउँमा गोली लागेका बमको उपचारको क्रममा दुई घन्टापछि मृत्यु भएको थियो । घाइते दुईजना भने उपचारपछि घर फर्किसकेका छन् ।
प्रहरीले महानगरीय प्रहरी आयुक्त एआइजी कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखालगायतका निकायका ५० भन्दा बढी प्रहरी अधिकारी अनुसन्धानमा आबद्ध छन् । उनीहरूको मुख्य काम नै एसएमएस र फोन सम्पर्कको विवरण अध्ययनबाहेक अघि बढ्न सकेको छैन ।
अनुसन्धान टोलीका प्रमुख एआइजी रानाले पनि धेरै एसएमएस र फोन सम्पर्कको अनुसन्धान गरिएको स्विकारे । ‘हामीले नेताहरूलाई टार्गेट नै गरेर फोन र एसएमएसको अनुसन्धान गरेका होइनौँ, शंकास्पद नम्बरहरूसँग सम्पर्क भएका नम्बरमाथि भने अनुसन्धान गरेका हौँ, त्यसमा केही नेताहरू पनि हुनुहुन्छ,’ उनले भने । हालसम्म बम हत्याबारेमा कुनै पनि बलियो प्रमाण फेला पर्न नसकेको प्रहरी बताउँछ ।
अनुसन्धान अझै पनि घेराभित्रै
१८ जेठमा ललितपुरको बागमती करिडोरमा मोटरसाइकलमा सवार दुई युवाले गाडीभित्रै गोली हानी न्यायाधीश रणबहादुर बमको हत्या गरेका थिए । तर, प्रहरीले अहिलेसम्म हत्याराको सुराक पनि पत्ता लगाउन सकेको छैन ।
नेपालमा पहिलो नार्को टेस्ट
न्यायाधीश रणबहादुर बमका चालक अष्ट लामालाई पनि सन्दिग्ध मानेर प्रहरीले अनुसन्धान गरेको छ । उनलाई सोधपुछ गर्न ‘नार्को’ टेस्ट’ गरिएको थियो । नार्को टेस्ट शंकास्पद व्यक्तिलाई अर्धबेहोस बनाएर केरकार गर्ने मेडिकल पद्धति हो ।
इन्जेक्टर दिएर व्यक्तिलाई अर्धबेहोसजस्तो बनाएपछि उसले प्रश्नको जवाफ दिँदा दिमाग नलगाई आफूसँग भएको जानकारी मात्र दिन्छ भन्ने विश्वास गरिन्छ । छिमेकी भारतमा पनि यस्तो प्रविधि चल्तीमा छ । नेपालमा यो प्रविधि पहिलोपटक प्रयोग गरिएको प्रहरी स्रोतले बतायो ।
नार्को टेस्ट गर्न नै उनलाई प्रहरीले गत बुधबार फेरि पक्राउ गरेको थियो । तर, ‘टेस्ट’बाट पनि चालक लामाको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई तारेखमा छोडेको छ । लामालाई प्रहरीले गत बुधबार पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतको आदेशमा थुनामा राखेको थियो ।
घटनामा लामालाई मात्र गोली नहानिएको र पिएसओ महेश गिरीले एउटा बाटो जाऊँभन्दा अर्को बाटो हुँदै गाडी चलाएकोमा उनलाई शंकामा राख्दै आएको थियो । लामो समय केरकार गर्दा पनि उनले हत्यामा आफ्नो सहयोग अस्वीकार गरेपछि प्रहरीले उनीमाथि नार्को टेस्ट गरेको छ ।
नार्को टेस्ट गर्दा पनि पहिलेकै कुरा गरेपछि उनको संलग्नता नरहेको भन्दै प्रहरीले रिहा गरेको हो । अनुसन्धानको क्रममा लामाको संलग्नता नदेखिएपछि उनलाई तीन दिनपछि रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया