Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोरान्टो । क्यानाडामा नेपाली स्थायी वासिन्दाहरुको संख्या सन २००१ को तुलनामा २०१० मा २२ गुणा बढेको यहाँस्थीत सरकारी तथ्यांकले बताएको छ।

क्यानाडाको अध्यागमन विभागले प्रकाशन गरेको तथ्यांकअनुसार सन २००१ मा जम्मा २७३ ले यहांको स्थायी भिसा पाएकोमा सो संख्या क्रमश बढेर २०१० मा १,५०२ पुगेको छ भने सन २००१ देखि २०१० सम्म क्यानाडा बसाई सराई गर्ने नेपालीहरुको संख्या ६,४११ देखिएको छ।

तर नेपाल बाट क्यानाडा आउनेको संख्या संगै विशेषगरी नेपाली भाषीहरुले पाएको क्यानाडाको स्थायी भिसाको संख्या भने ज्यादा देखिएको छ।

तथ्यांकअनुसार २००१ देखि २०१० सम्म क्यानाडा आउने नेपाली भाषीहरुको संख्या ८०८४ रहेको छ। उक्त संख्या फरक देखिनुमा नेपाली भाषा बोल्ने भुटानीहरु रहेको अनुमान गर्न सकिन्छ।

त्यसैगरी अस्थायीरुपले क्यानाडामा काम गर्न आउने नेपालीहरुको संख्यामा भने खासै प्रगति देखिन्न । सन २००१ म १७ जना नेपालीहरु क्यानाडामा कामदार भिसा लिई आएकोमा उक्त संख्या २०१० मा ३९ पुगेको छ।

सामान्यतयाः बर्षेनी यहाँ आउने नेपाली कामदारहरुको संख्यामा खासै उतारचढाव नदेखिएता पनि सन २००८ र २००९ मा क्रमशः उक्त संख्या ८५ र ६८ रहेको छ।

समाचारसूत्रका अनुसार उक्त अवधीमा इजरायल देखि अधिक संख्यामा नेपालीहरु क्यानाडामा वर्क पर्मिटमा आएको देखिन्छ ।

तपाईको प्रतिक्रिया