Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

 यूएई –  गत शुक्रवार  नेपाली समाज यूएईले एनआरएनएका प्रमुख संरक्षक तथा समाज सेवी देवमान हिराचनलाई एक समारोह विच दोसल्ला तथा कदर पत्रले सम्मान गरेको छ । उक्त अवसमा यूएईमा रहेका अन्य संघसंस्थाहरुले पनि खादा तथा दोसल्लाले हिराचनलाई सम्मान गरेका थिए ।

नेपाली समाज यूएईले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली राजदूतावास यूएईका राजदूत धनन्जय झाको प्रमुख आतिथ्य तथा एनआरएनएका प्रमुख संरक्षक देवमान हिराचन विषेश अतिथि रहेका थिए । समाजका अध्यक्ष कृष्ण ढकालको सभापतित्वमा सम्पन्न उक्त सम्मान कार्यक्रम समाजका पूर्व महासचिव कृष्ण भुषालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा एनआरएन आईसीसी सदस्यहरु छत्र लामा, चुणामणी ढकाल, एनआरएन मध्यपूर्व सह संयोजक लोकनाथ सुवेदी, एनआरएन एनसीसी अध्यक्ष चन्द्र रोकाहा, समाजसेवी चन्द्रप्रसाद सापकोटाले शुभकामना मन्तब्य तथा विविध विषयमा आफ्नो मन्तब्य राखेका थिए ।

विषेश अतिथि देवमान हिराचनले आफुलाई यूएईमा रहेका एनआरएनहरुले सम्मान गरेकोमा अति खुशी लागेको वताए । एनआरएनको स्थापनाकाल देखी नै सक्रिय रहेर कार्य गरेको हुनाले एनआरएनए केन्द्रिय अध्यक्ष, साथै वर्तमान एनआरएन प्रमुख संरक्षक जस्तो महत्वपूर्ण जिम्मेवारी विश्वमा छरिएर रहेका एनआरएनहरुले सुम्पेको बताए । एनआरएन स्थापना भएको १० बर्ष सम्म नेपालमा दर्ता हुन नसकेको अवस्थामा अहिले आएर खाडी राष्ट्र तथा मलेसियामा रहेका एनआरएनहरुको भावना विपरित दर्ता हुने प्रयासमा रहेको बताए । एनआरएनको परिभाषामा सार्क देश भन्दा बाहिर १८३ दिन नेपाल भन्दा बाहिर कोही पनि बस्छ भने तिनीहरुलाई एनआरएन भनिन्छ, त्यो परिभाषालाई परिवर्तन गरेर नेपालमा संघ दर्ता गर्न खोजिन्छ भने त्यसको विरुद्धमा खाडीका एनआरएनहरुले आवाज उठाउन आग्रह गरे । दुई बर्षे अवधिलाई मान्यता दिएर संघ दर्ता भएमा खाडी तथा मलेसियामा रहेका एनआरएनहरुमाथि कुठाराघात हुने साथै यस्तो हुन नदिन सबैलाई आग्रह गरे ।

एनआरएनको विधान विश्व सम्मेलनले मात्र परिवर्तन गर्न सक्ने तर क्षेत्रिय सम्मेलनले परिवर्तन गर्न नसक्ने बताए । एनआरएनको संस्था दर्ता गर्ने नै हो भने १८३ दिन हुनुपर्दछ, नेपाल सरकारले भनेको दुई वर्षलाई १८३ दिनमा परिवर्तन गरेपछि मात्रै दर्ता गर्नु पर्दछ उनले भने । गैर राजनीतिक तथा गैर नाफामुलक संस्था भएको हुनाले एनआरएन संघले नेपालमा सयुक्त लगानी नगर्ने तथा संघमा आवद्ध एनआरएनहरुले मात्र संयुक्त लगानी गर्न सक्ने उनले प्रष्टाए ।

विदेशमा छरिएर रहेका एनआरएनहरुको सयुक्त लगानीले ग्लोवल ईन्भेष्टमेन्ट लि. कम्पनी स्थापना गरेको र रु ५० हजार देखि १ करोड सम्म यस कम्पनीमा जो कोहीले पनि लगानी गर्न सक्ने वताए ।

दुवईको जेलमा विगत ९ बर्ष देखि मृत्युदण्ड सुनाईएका अमरबहादुर बमको बारेमा एनआरएनले पनि पहल गरेको बताए । नेपाली समाजले प्रधानमन्त्रीलाई लेखेको पत्र आफैले दिएको र पहलको लागि एनआरएनले दवाव दिने पनि उनले बताए ।

प्रमुख अतिथि नेपाली राजदूतावास यूएईका राजदूत धनन्जय झाले दूतावास स्थापना भएदेखि विभिन्न किसिमले मृत्यु भएका नेपालीहरुको ईन्सुरेन्स मार्फत प्राप्त हुने रकमको लागि कोसिस गरिरहेको बताए । स्थापना भएदेखि अहिले सम्म सयौं नेपालीहरुको मृत्यु भएको हुनाले अहिले सम्म आठ – दश जनाले मात्र ईन्सुरेन्स पाएको र अन्यले नपाएको हुनाले अहिले दूतावासले मृत्यु भएका नेपालीहरुको परिवारलाई रकम दिलाउन प्रयास गरेको बताए । दूतावास सम्पूर्ण नेपालीहरुको साझा घर भएको हुनाले ढिला सुस्ती भएमा दूतावासमा खवर गर्न भने ।

दूतावासमा साधन श्रोतको कमी भन्ने आफुलाई नलागेको बताए । मिहिनेत र समयको सदुपयोग गर्र्यौ भने दूतावासमा जति कर्मचारी छौ, यहाँ रहेका नेपालीहरुको सेवाको लागि प्रयाप्त रहेको बताए । दुवईमा कन्सुलेन्ट स्थापनाको लागि प्रयासरत रहेको तर प्राथमिकतामा नरहेको बताए । जुन देशमा दूतावास छैन र दूतावास भएतापनि धेरै लामो दूरीमा छ ति देशहरुमा पहिलो प्राथमिकता रहेको बताए । दूतावास भन्दा अलि टाढा रहेका नेपालीहरुका लागि हरेक महिनाको एक शुक्रवार दूतावास खोल्ने बताए । विगत दश बर्षदेखि दुवईको जेलमा रहेका अमरबहादुर बम नामले अमर रहेका हुनाले उनलाई मृत्युदण्ड नहुने बताए । नेपाल सरकारले पनि अमरलाई मृत्युदण्डबाट वचाउन प्रयास गरिरहेको बताए ।

कार्यक्रमका सभापति तथा नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले नेपाली समाजले समाजसेवी तथा एनआरएनका प्रमुख संरक्षक देवमान हिराचनलाई सम्मान गर्नु भनेको नेपाली समाजको गौरवको कुरा भएको बताए । यूएईमा नेपाली समाजको ईतिहास लामो भएको र समाजले गरेका सामाजिक कार्यहरुको वेलीविस्तार गर्न नसकिने बताए । दूतावास नहुँदा समाजले दूतावासको भूमिका निर्बाह गरेको स्मरण सुनाए । अमरबहादुर वमको वारेमा आफु निकै जानकार भएको र नजिकैबाट बुझेको हुनाले उनी निर्दोष छन् र उनी छिट्टै जेलमुक्त हुनेमा नेपाली समाज ढुक्क रहेको बताए ।

नेपाली समाज मात्र नभएर अहिले देश विदेशका सामाजिक संस्थाहरु उनलाई जेलमुक्त गर्न पहल गरिरहेको बताए । सामाजिक कार्य गर्न यूएईमा रहेका सम्पूर्ण संघ संस्थाहरु दूतावाससंग हातमा ता काँधमा काँध मिलाएर अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा उपस्थित भएका सम्पूर्ण संघ संस्थाका प्रतिनिधीहरुलाई धन्यवाद सहित कार्यक्रमको विसर्जन गरेका थिए । ***

 

तपाईको प्रतिक्रिया