Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025
च्छे (काभ्रे), असार १९ – सात समुद्रपारिबाट आएका एक विदेशीले अनुभूति गरेकै भरमा अग्लो डाँडामा पानी भेटिन थालेको छ। अस्ट्रिया सरकारले ‘वाटरम्यान’ को उपाधि दिएका वैज्ञानिक मिखाइलले टेकेका काभ्रेपलान्चोकका तीन ठाउँमा पानी निस्किसकेको छ। ‘मानिसको शरीरमा नसाहरु भएजस्तै अग्ला पहाडमा समेत पानीका नसाहरु हुँदा रहेछन्,’ रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष अशोक श्रेष्ठले भने, ‘त्यस्तो ठाउँमा टेक्नेबित्तिकै उनलाई एक किसिमको कम्पन हुँदो रहेछ, त्यसैको आधारमा देखाइदिएको प्वाइन्टको गहिराइमा पुग्दा पानी निस्कने गरेको छ।’
रोटरी क्लबकै सक्रियतामा यसअघि काभ्रेकै भ्रमरकोट डाँडोमा मिखाइलले भनेकै ठाउँबाट पानी निक्लेर पूरै गाउँमा खानेपानी सुविधा उपलब्ध भइसकेको श्रेष्ठले बताए। पछिल्लोपटक काभ्रेको दुर्गम तिमाल क्षेत्र आएका मिखाइलले विभिन्न चारवटा प्वाइन्टमा पानी आउने प्रमाणित गरेका छन्।
यी सबै स्थानको उचाइ २ हजार मिटरको हाराहारीमा छ। तीमध्ये मेच्छे, भोटेपाटीमा २ सय २० मिटर ड्रिल गरेपछि प्रति सेकेन्ड १ दसमलब ८३ लिटर पानी निस्केको छ। त्यस्तै, तिमालकै चापाखोरी, जरदेउमा २ सय १० मिटर ड्रिल गर्दा प्रति सेकन्ड साढे १ लिटर पानी निस्केको छ।
तिमाल क्षेत्रका अधिकांश बासिन्दालाई एक गाग्री पानीका लागि चार घन्टाभन्दा बढी समय लगाउनुपर्ने बाध्यता छ। नयाँ वर्ष २०६९ को पहिलो दिन तिमाल पुगेका राष्ट्रपति रामवरण यादवलाई समेत तिमालवासीले खानेपानीको समस्या सुनाएका थिए।
तिमालमा खानेपानीकै लागि धेरै सरकारी र गैरसरकारी संस्थाले ल्याएका कार्यक्रम र योजना असफल हुँदै आएपछि स्थानीय निराश हुँदै आएका थिए।पर्यटन व्यवसायी तिलक लामासँगै गाउँ घुम्ने क्रममा तिमाल पुगेका अस्ट्रियाका रोटरियन इल्मर हेगनले महिला र बालबालिकाले पानी लिन जाँदा खेप्दै आएको सास्ती देखेर उनका साथी मिखाइललाई त्यहाँ ल्याइदिएका थिए।
‘अरु संघ संस्थाले हरेक प्रयास गर्दा नभेटिएको पानी निस्कला भन्ने रत्तिभर विश्वास थिएन,’ तिमाल खानेपानी उपभोक्ता समितिका संयोजक राजु लामाले भने, ‘यतिखेर आँखै अगाडि पानीको भल बगेपछि विश्वास नगर्ने कुरै भएन।’
दुई महिनाअघिबाट तिमालमा सुरु भएको काम अब केही महिनामै सम्पन्न हुने र चारवटै प्वाइन्टमा पानी आएपछि २० हजार जनता लाभान्वित हुने लामाको भनाइ छ।
‘मिखाइलले टेकेको ठाउँमै पानी निक्लेको छ। अब जिविसलगायतका निकायको समन्वयमा घरघरमा धारा पुर्याेउने छौं,’ लामाले भने, ‘मिखाइल तिमालवासीका लागि भगवान साबित भएका छन्।’
दुई हजार मिटर अग्लो डाँडामा जमीनमुनिको पानी आउनेमा तिमालका कोही पनि विश्वस्त नभएको रोटरी क्लब अफ काभ्रे बनेपाका अध्यक्ष मानकाजी प्रधानले सुनाए।
‘दुई ठाउँमा पानी निस्किसकेको छ,’ प्रधानले भने, ‘अब बाँकी दुई ठाउँमा पनि यसैगरी पानी निस्कनेमा विश्वस्त छौं।’
चारवटै ठाउँमा पानी निकाल्न रोटरी इन्टरनेसनल, अस्ट्रियाको रोटरी क्लब अफ फोरआर्लबर्क, रोटरी क्लब अफ बनेपाको कूल १ लाख ५३ हजार डलर खर्च हुने उनले जानकारी दिए। दोस्रो चरणमा तिमाल भेगकै नारायणस्थान, सर्स्युंखर्क, बोल्देफेदिचेलगायत क्षेत्रमा समेत यही प्रविधिबाट पानी निकाल्ने कार्यक्रम छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया